Bisal Chautari Logo

राजनितिमा युवाहरु कहिले सम्म शोसित हुने ?

- ७ असार २०७०, शुक्रबार ११:५९ मा प्रकाशित


हिराधन राई

नयाँ नेपालको नारा दिएर २०६२र६३ को जनआन्दोलन भएको थियो । आन्दोलनमा युवाहरुको भूमिकालाई लिएर कसैले पनि नजरअन्दाज गर्न सक्दैन । सविधानसभाको विवार्चनमा युवाहरुको उल्लेख्य उपस्थिती पनि देखियो । माओवादीको १० वर्षे जनयुद्ध भयो, रगत बगाउनेहरुमा युवाहरु बढि नै थिए ।
अहिले झण्डै ३० लाख युवाहरु विदेशका विभिन्न ठाउँहरुमा काम गरिरहेका छन् । यो देश सबैलाई प्यारो छ तर सबै भन्दा बढी युवाहरुलाई चाहिएको हुनु पर्दछ । किनकी युवाहरु भनेको वर्तमान मात्र होइनन, भविश्य पनि हुन ।
       हरेक राजनैतिक पार्टीका युवा संगठनहरु छन्, विद्यार्थी सगठनहरु छन् र तिनमा युवाहरु नै छन् । सडक जाम गर्नु पर्‍यो, बन्द हडताल गर्नु परयो , युवाहरुलाई अगाडि लगाउँछन् । तर कुनै पनि पार्टीको शीर्ष स्थानहरुमा युवाहरुको संख्या हातको औलामा गन्न पुग्दैनन् । राष्ट्रको लागि लिनु पर्ने महत्वपुर्ण विषयहरुमा युवाहरुलाई स्थान दिइन्न । सबै पाका उमेरका नेताहरु ऋगाडि बढ्ने गरेका छन् । कुनै पनि पार्टी बनाउन जरुर अग्रज नेताहरुको योगदानलाई भुल्न खोजिएको होइन । तर यो युगको आवाजको प्रतिनीधित्व अब पुराना पुस्ताले मात्र हुन्न ।

केयौ देशमा हामीहरु देख्छौ एउटा कालखण्ड पुरा गरी सकेपछि नेताहरु राजनीतिबाट विश्राम लिन्छन । जसको कारण नयाँ पुस्ता पुराना पुस्ताको अनुभवलाई लिएर माथि आउन सक्दछन् । उनीहरु साग केही गरौ भन्ने जोश हुन्छ, साहस हुन्छ र भिजन हुन्छ । सुचना र प्रविधीको परिधीबाट अलग हुन नसक्ने यस्ता युवा पुस्तामा केही काम गरी हालौ भन्ने चेतना देखिन्छ । तर रिटार्यड हुने बेलामा पनि पुरानो पुस्ता तन्नेरी नै रहीरहदा आज देशमा युवाहरु नेतृत्व पछाडि परेका छन् । केयौ त राजनीतिबाट नै पलायन भइरहेका छन् । अहिले देशमा भइरहेको राजनैतिक गतिरोधको कारण पनि पुरानो पुस्ताको सोच्ने शैली र गति नै हो । आज नभए के हुन्छ भोलि गरौला भन्दै समय गुज्रिरहेको छ । केही शीर्ष स्थान हावी भएका नेताहरुको राजनैतिक दाउपेचले गर्दा देश अनिर्णयको बन्दी छ । भारतमै हेरौ न , पुरानो पुस्ताले विस्तारै युवाहरुलाई राजनीतिमा अगाडि कसरी ल्याइरहेको छ । भारतमा काग्रेसका उपाध्याक्ष राहुल गान्धीे , उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादव छिमेकी देशमा युवा नेतृत्वका उदाहरणहरु हुन  । यस्तै भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री समेत भएका अटलविहारी बाजपेइले समयमै सक्रिय राजनीतिबाट विदा लिए । चीनमा अहिलेका राष्ट्रपति र प्रिमियर पााचौ पुस्ताका नेतृत्व हुन । अमेरीकामा २ पटक भन्दा वढी राष्ट्र्रपति बन्न नपाउने प्रावधान नै छ । यसले युवाहरुलाई अगाडि आउन सहयोग गर्दछ । तर हाम्रो देशको हकमा त्यस्तो छैन । नमरुन्जेल राजनीतिलाई दुहुनो गाई बनाइ खाइरहने मानसिकताको कारण पाको पुस्ता पुरातन सोचका साथ नेतृत्वमा हरदम हावी भइरहेको छ । नेपालको राजनैतिक पार्टीहरुमा युवाहरु नभएकै भने होइनन् , प्रशस्त छन् । काग्रेस, एमाले, एमाओवादी, मदेसवादी सबै दलहरुमा युवाहरु देखिन्छन तर ती दविएर बसेका छन् । उनीहरु विभिन्न पार्टीमा खुम्चिएर बसेका छन् । केही युवा नेताहरुको पार्टीको माथिल्लो तहमा पुगिसकेर पनि अन्तरपार्टी सघर्षका कारण पलायन भएका देखिन्छन्, भने केही हरेक पार्टी भित्र भएको गुटबन्दीको शिकार भएका छन् । कति पार्टीका माथिल्लो पुस्ताका अरौटे भएर बसीरहेका छन् । नेपालमा पुरानो पुस्ता र नयाा युवा पुस्ता विचको यो खाडल कायम रहेसम्म कुनै पनि राजनैतिक निर्णयहरुले गति लिने देखिन्न । पुस्तान्तरणको यो चक्करले २ करोड ६६ लाख जनताको जीवन बर्वाद पारिरहेछ ।

प्रतिक्रिया