Bisal Chautari Logo

डा. विष्णु राईको ‘अटोग्राफ’ सार्वजनिक हुदै

- २७ जेष्ठ २०७१, मंगलवार ०३:३५ मा प्रकाशित


Dr. bishnu rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, २७ मंगलवार । साहित्यकार डा. विष्णु राईको कथा संग्रह ‘अटोग्राफ’ बजारमा आउने भएको छ । सायिहत्यकार डा. राईले करिव १५ वर्षदेखी अनुशन्धात्मक रुपमा लेखिएको कथा संग्रह यही जेठ ३१ गतेको दिन प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुने भएको छ ।Dr. bishnu rai
करिव ३ दशकदेखी नेपाली साहित्यीक क्षेत्रमा सकृय साहित्यकार डा. विष्णु राईले बताए अनुसार यो ‘अटोग्राफ’ कथा संग्रह आफ्नो महत्वकाक्षि पुस्तकको रुपमा हेरेको बताए । उनको पहिलो पुस्तक ‘माला’ कथा संग्रह २०३६ सालमा प्रकाशित भएको थियो । त्यस्तै क्रमश : ‘मान्छे’ नामक कथासंग्रह २०५३सालमा, ‘परपर’ कथासंग्रह २०५५ सालमा, ‘कारागार भित्रको जुन’ कवितासंग्रह २०५९ सालमा, ‘खिमायाको निलो आकाश’ कवितासंग्रह २०६८ सालमा, ‘भेट’ एल्बम २०५३ साल, ‘मेमोरी’ एल्बम २०७० सालमा सार्वजनिक तथा प्रकाशित भएका थिए । यस्तै चर्चित पुस्कत तथा लेखहरु डा. विष्णु राईले नेपाली साहित्यीक क्षेत्रमा योगदान दिइसकेका छन् । त्यस्तै उनले अंग्रेजीमापनि पुस्तकहरु प्रकाशित गरेका छन्, भने ठुला–ठुला सम्मानहरुबाटपनि सम्मानित भइसकेका छन् ।
कथासंग्रहको विमोचन भने साहित्य क्षेत्रमै संकृय रहेको रावासावा प्रज्ञिक समाजले जेठ ३१ गते दिनको २ बजे गर्ने बताएको छ ।

ad

प्रतिक्रिया