Bisal Chautari Logo

यी ब्लड ग्रुपका मनिसलाई हुन्छ सबैभन्दा धेरै हर्टअट्याकको खतरा

- १३ मंसिर २०७७, शनिबार ०५:५१ मा प्रकाशित


एजेन्सी । आजभोलि मानिसहरुको व्यस्थ जीवनशैलीका कारण धेरैजसो धेरैथरि विरामीको शिकार हुने गरेका छन् । व्यस्थ तालिका र खराब खानाको कारण मानिसहरुमा मुटुको समस्या बढ्दै गएको छ जसको कारण हर्ट अट्याक हुने खतरा पनि उत्तिकै बढेको पाइन्छ ।

भर्खरै एक अनुसन्धानले जनाएअनुसार ब्लड ग्रुप अनुसार हर्टअट्याक हुने खतराको पत्ता लगाउन सकिन्छ ।

O ब्लड ग्रुपको तुलनामा A, B र AB ब्लड ग्रुप हुने मानिसहरुका हर्टअट्याको खतरा धेरै हुने गरेका पाइन्छ । यस अनुसन्धानको लागि कोरोनरी धमनी रोग, मुटु फेल र कार्डियोबैस्कुलरको जाचँ गरिएको थियो । उक्त अनुसन्धानले बताएअनुसार यी ब्लड ग्रुपका मानिसलाई हर्टअट्याकको खतरा हुने गर्छ ।

यी मानिसहरुमा वान विलेब्राण्ड फ्याक्टरको मात्रा ज्यादा हुने हुदाँ उनीहरुमा अट्याक ज्यादा हुने गर्छ ।

A ब्लड ग्रुपका मानिसमा कोलेस्ट्रोलको मात्रा धेरै हुने हुँदा पनि यसको जोमिख धेरै भएको पाइन्छ । अनुसन्धानको अनुसार गैर O ब्लड ग्रुपका मानिसहरुमा  ग्ल्याक्टिन-३ को मात्रा धेरै हुनाले दुखाई र मुटुमा नराम्रो प्रभाव पर्ने गर्दछ ।

अनुसन्धानको अनुसार यी ब्लड ग्रुपका मानिसमा हर्टअट्याकको खतरा ९ प्रतिशत भन्दा बढी हुने गर्दछ ।

प्रतिक्रिया