Bisal Chautari Logo

उपत्यकामा माइक्रो र टेम्पो विस्थापन गर्न ठूला बस संचालन गरिंदै

- १७ पुष २०७४, सोमबार १२:०४ मा प्रकाशित


Large bus is being operated in the Valley to replace micro and tampo
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १७ सोमबार । काठमाण्डौंमा दिनानुदिन बढ्दै गएको यात्रु चाप र भिडभाडको बिच अव माइक्रो र टेम्पोको सट्टा ठूला बस सन्चालनमा ल्याईने भएको छ ।
सार्वजनिक यातायातका साना सवारी साधन हटाएर कम्तिमा ६० जना अट्ने ठूला बस खरीद गर्न लागीएको यातायात व्यवस्था विभागले जनाएको छ ।प्रथम चरणको लागी नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुटबाट छुट्ने माइक्रो र टेम्पोको ठाउँमा नयाँ ठूला बस सन्चालनमा ल्याईन लागेको हो ।
प्रथम चरणको प्रयास पश्चात लगत्तै दोश्रो रुटमा नयाँ बसपार्कबाट छुट्ने बस गोंगबु, ठमेल, लैनचौर, केशरमहल, रत्नपार्क, प्रदर्शनी मार्ग, कालिकास्थान, मैतिदेवी, पूरानो बानेश्वर, सिनामंगल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछन् ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नगर विकास कोषमार्फत् सरकारी जमानतमा बस खरीद प्रक्रिया अघि बढाउन लागीएको विभागले जनाएको छ ।

प्रतिक्रिया