Bisal Chautari Logo

चाणक्य नीतिः यो वस्तुमा हुन्छ अन्नभन्दा ३८ गुणा बढी शक्ति, बढ्छ ताकत

- २० कार्तिक २०७७, बिहीबार ०४:५८ मा प्रकाशित


चाणक्यले खानाको विषयमा थुप्रै महत्वपूर्ण नीति आफ्नो नीतिशास्त्रमा समावेश गरेका छन् । उनले आफ्नो नीति ग्रन्थको १० औं अध्यायमा कुन प्रकारको भोजन गर्दा शक्ति मिल्छ भन्ने जानकारी दिएका छन् । साथै आँटा, दुध, शाकाहार र मांसाहारबाट पाइने शक्तिबारे पनि कुराकानी गरेका छन् । आउनुहोस् खानासम्बन्धि उनीद्वारा बताइएको नीतिबारे कुरा गरौं..

अन्नाद्दशगुणं पिष्टं पिष्टाद्दशगुणं पयः।

पयसोऽष्टगुणं मांसं मांसाद्दशगुणं घृतम्।।

आचार्य चाणक्यले यो श्लोकमा बताए अनुसार मुनष्यको जीवनका लागि अन्न निकै महत्वपूर्ण मानिन्छ । यसमा निकै शक्ति हुन्छ । तर अन्य सबै अन्यको तुलनामा आँटामा १० गुणा बढी शक्ति हुन्छ । आँटाले बनेको रोटी खाँदा व्यक्ति पूरा दिन ऊर्जावान् हुन्छ । यो पचाउन पनि हाम्रो पाचन तन्त्रलाई कुनै प्रकारको समस्या हुँदैन ।

चाणक्यका अनुसार आटाभन्दा पनि १० गुणा शक्ति दुधमा हुन्छ । यसैकारण डाक्टर दुधको सेवन गर्न सल्लाह दिन्छन् । दैनिक दुध पिउँदा विभिन्न प्रकारको रोगबाट टाढै रहन सकिन्छ । साथै यो निकै सजिलै पच्ने गर्छ ।

दुधभन्दा धेरै शक्ति मासुमा हुन्छ । चाणक्यका अनुसार दुधभन्दा आठ गुणा शक्ति मासुमा हुन्छ । यद्यपि, चाणक्यले मांसाहारभन्दा पनि बढी शक्ति प्रदान गर्ने वस्तुको कुरा गर्छन् ।

उनका अनुसार मांसाहारभन्दा १० गुणा शक्ति घ्यूमा हुन्छ । घ्यूले शरीरलाई सबैभन्दा धेरै फाइदा पुर्याउँछ । यसको सेवनले व्यक्तिको अनुहार चम्किलो हुन्छ र लामो समयसम्म रोगबाट बच्न सहयोग गर्छ । यस प्रकार घ्यूले अन्नभन्दा ३८ गुणा बढी शक्ति प्रदान गर्दछ ।

प्रतिक्रिया