Bisal Chautari Logo

टिकट जनमतको आधारमा घोषणा गरिनुपर्छ ,

- २० श्रावण २०७०, आईतवार ०७:३० मा प्रकाशित



गंगाधर तिवारी ,नेता नेपाली कंग्रेस पर्वत

 १ तिवारी ज्यू पहिला तपाई लाई कंग्रेसभित्रको गुट उपगुट बाटै प्रश्न गरौ ,तपाई कुन गुट निकटको हुनुहुन्छ ?
  सवै सम्मानित नेतारुलाई आदर गर्छु । म नेपाली कंग्रेसको मान्छे । मलाई गुट उपगुटमा विश्वास छैन । म सवै नेपाली कंग्रेस पर्वतको साझा मान्छे । जनताको जनवलमा राजनीति गर्न मन पराउने व्यक्ति हु ।

२ यो त अलिक सवैले भन्ने गरेको आर्दशवादी कुरा भएन र ?
    मैले आदर्शवादी कुरा गरेको होइन । पर्वतका नेपाली कंग्रसका सम्पूर्ण साथीहरु एवं फरक मत राख्ने साथीहरुलाई समेत बुझ्दा यो कुरा स्पष्ट हुन्छ ।
३ तिवारी जी तपाई तपाईले यी कुरा गरिरहदा केन्द्रमा कुनै नेतासंग विशेष सम्बन्ध त होलानी ?
    मेरो त्रय नेताहरु सहित नेपाली कंग्रेसका सवै नेताहरुसंग राम्रो सम्बन्ध छ । पर्वतको क्षेत्र न दुईमा ०६८ माघ एकको आदरणीय उपसभापति रामचन्द्र पौडेलको शहिद दिवसको उपलक्ष्यमा शंकरपोखरीमा भएको कार्यक्रम र हालसालै मात्रै आदरणीय वरिष्ठ नेता शेर बहादुर देउवाको लुंखुमा भएको कार्यक्रममा क्षेत्रिय समिति लगायत मेरो आफ्नो भुमिका ती कार्यक्रमहरुले स्पष्ट पार्दछ ।  अझ यसौ भनौ सवैसंग समान सम्बन्ध रहेको छ ।

४ तपाईले टिकटको दावी गरिरहदा तपाईलाई कंग्रेले किन टिकट दिने ?
   पहिलो कुरा त हामी शहिद परिवार हो । नेपाली कंग्रेसमा हाम्रो ठुलो लगानी छ । र हामी जनमतका पनि धनी छौ । जनताले चाहेको नेतालाई टिकट दिदा जनता आफै निर्वाचनमा होमिन्छन । मैले नेताहरुसंग भेटघाट कार्यक्रममा पनि भन्ने गरेको छु अव नेपाली कंग्रेस संस्थागत रुपमा प्रस्तुत हुनुपर्छ । गुट उपगुटको अन्तय हुनुपर्छ । मेरो र तेरो भन्नु हुदैन । यो देशमा संविधानको खांचो छ । नेपाली कंग्रेसले दुई तिहाइ बहुमतले विजय प्राप्त नगरेसम्म  अरु दल अरु पार्टीले देशमा संविधान बनाउन सक्दैनन् । त्यसकारण हाम्रो पार्टी नेपाली कंग्रेसले जो संग जनमत छ , जसलाई गाउंदेखि क्षेत्र लगायत जिल्ला समितिले सिफारिस गर्छ त्यसतो व्यक्तिलाई पार्टीले पहिचान गर्नुपर्छ ।  अव तेरो र मेरो भनेर संविधान नबनाउने खेलमा पार्टी लाग्नुहुदैन । जनमत भएर जित्ने व्यक्तिलाई पार्टी ले टिकट दिदा नेपाली कंग्रेस पार्टी बलियो हुने र संविधान पनि बन्ने हुनाले मलाई लाग्छ पार्टीले मौका दिएमा त्यो नेतृत्व प्रदान गर्ने क्षमता म आफुसंग छ ।
५ करिव आधा दर्जन भन्दा बढि टिकटका दावेदार देखिनुहुन्छ पर्वत क्षेत्र न दुईमा ,केन्द्र त नैतिक संकटमा पर्ने भो नि टिकट दिनलाई ?
    पत्रकार मित्र म तपाईलाई धन्यवाद दिन चाहान्छु ,मलाई यो प्रश्न राख्नुहुन्न कि भनेको थिए राख्दिनुभयो । मलाई लाग्छ उम्मेदवार आफैले स्वघोषित गर्ने होइन जनताको जनमतमा घोषणा गर्नुपर्छ । मैले तपाईलाई माथि नै भनिसके म जनताको जनमतमा विश्वास गर्छु ,पार्टी संस्थागत रुपमा जानुपर्छ । टिकट वितरण गर्ने निकायले पनि यो कुरालाई हृदयगम गर्ला जस्तो मलाई लाग्छ । देश संकटमा छ ,चाहे त्यो ०४६ ०४७ को आन्दोलन होस या ०६२,०६३ को आन्दोलन होस २००७ सालको क्रान्ति नै किन नहोस यी सवै आन्दोलको अगुवाई नेपाली कंग्रेसले नै गरेको छ । देशलाई संविधान बनाएर निकास दिने काम पनि नेपाली कंग्रेसकै हो । यीनै कारणले गर्दा नेपाली कंग्रेसले दुई तिहाइको बहुमतसहित दोस्रो संविधानसभाको निर्वाचन सफल गर्नुपर्दछ । मलाई जति साथीहरुको नाम सुन्दा पनि खुशी लाग्छ र सहयोग गर्न तयार छु । तर उल्लेखित विषय पुरा हुन सकेनन भने देश दलदलमा फस्ने हुनाले पार्टीले मेरो विषयमा निर्णय गर्न अप्ठ्यारो पर्ला जस्तो मलाई लाग्दैन ।
 विपक्षीमा मत राख्ने साथीहरु पनि पर्वत क्षेत्र २ मा चुनाव लडन हिच्किीचाइरहेको अवस्था मेरो घरदैलो कार्यक्रमले नै हो जस्तो लाग्छ । म २९ सै गाविसका प्रत्येक घरदैलोमा पुगको छ ु ,प्रत्येकको सुख र दुखमा साथ दिएको छु।  त्यस कारणले तपाईलाई मैले आग्रह गरे मलाई यो प्रश्न नगरिदिनुभएको भए राम्रो हुन्थ्योहोला ।
६ हामीसंगको कुराकानीमा एकमा अर्जुन जोशीले फेरी पनि नछोडको सन्र्दभमा दुईमा देउवा विचार समूहले आफ्नो दावी नछोडने बताएको छ नि ?
      यो प्रश्न मलाई नराख्नुभएको भए राम्रो हुन्थ्यो । मैले माथि नै भनिसके अव पार्टीमा गुट उपगुट छैन । देशमा संविधान बनाउन आवश्यक छ । पराजय हुने निर्वाचन लडन हुदैन । टिकट दिनु मात्रै ठुलो कुरा होइन ,टिकट पाउनु पनि ठुलो कुरो मैले देख्दिन । क्षेत्र न १ मा कसले टिकट पाउला कसले नपाउला त्यो आफ्नो विषय हो । मैले माथि उल्लेख गरेका कुराहरुले तपाइलाई पर्नि ै अवगतनै भए होला । पार्टीले त्यसतो व्यक्तिलाई टिकट लिएर पठाउनुपर्छ जसले निर्वाचनमा जनमतको आधारमा अन्य पार्टीहरुलाई परारस्त गरि विजय हासिल गर्न सक्छ । आदरणीय नेता शेरबहादुर दउवा पनि मेरो पनि सम्मानित नेता हुनुहुन्छ । 
७ तपाईहरुको पर्वतका दुवै क्षेत्रमा मुख्य प्रतिस्पर्धी को हो ?
   यो प्रश्न पर्वत जिल्लाको जनमत,इच्छा र आकंक्षा बुझ्दा असान्दर्भिक छ । दोस्रो संविधानसभाको चुनावमा दुवै क्षेत्रमा नेपाली कंग्रेसको निश्चित रुपमा विजय हुन्छ । प्रतिस्पर्धीको रुपमा नभई दोस्रो पंक्तिमा एमाले रहने संभावना देखिन्छ ।
 ८  प्रतिपक्षीहरु तपाईसंग डराएको कुरा गर्नुभो ,त्यसतो डराउनुपर्ने कारण पनि भनिदिनुस न ?
  पर्वत क्षेत्र २ का जनताहरुको इच्छा र आकंक्षा त्यो क्षेत्रको विकासको गतिलाई नियालेर हेर्दा पर्वत क्षेत्र २ विकासको गतिमा पछाडि परेको अनुभव मैले र त्यस क्षेत्रका जनताले महशुश गरेको विषय हो । अन्य दलका साथीहरुले पार्टीको अग्रिम पंक्तिमा रहेर पनि क्षेत्रको लागि के गर्नुभो के गर्नुभएन त्यो मूलंयाकन मैले गर्नुभन्दा पनि जनताले गर्ने हो । मैले माथि पनि थोरै कुरो भनिसके म पर्वत क्षेत्र न दुईका आफु र फरक मत राख्ने साथीहरुसंग समेत घरदैलो कार्यक्रममा भेटघाट भएको छु । उनीहरुको सुख र दुखमा सहयोग गर्न सक्ने कुराहरुमा म आफु लागि परेको छु । म साधारण परिवारको व्यक्ति सवैसंग हातेमालो गरेको छु । मलाई जुन रुपमा पनि जुनसुकै दलको साथीहरुले काम गराउन सजिलो ठान्नुहुन्छ । ती साथीहरुको मनसाय बुझ्दा शहिद परिवारको हिसाव किताव र मेरो लगनशीलताले गर्दा विपक्षी दलका साथीहरु म संग पूर्णरुपमा डराईरहेको अवश्था हो ।
प्रस्तुति तिलक तिवारी

प्रतिक्रिया