Bisal Chautari Logo

रेखा थापाको चलचित्र `उपहार´को गीत सार्वजनिक

- १९ कार्तिक २०८०, आईतवार २१:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
लण्डन, २०८० कार्तिक १६ बिहिवार।
 अभिनेत्री रेखा थापाको कमब्याक चलचित्र ‘उपहार’ को नयाँ गीत सार्वजनिक भएको छ । रोमान्टिक फ्लेवरको ‘वाह् वाह् वाह्’ गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा शंकर अधिकारी (घायल)को शब्द रचना तथा गायक गिरी स्वयंको संगीत छ । सार्वजनिक गीतमा चलचित्रका तीन जोडी फिचर्ड छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘उपहार’मा नायिका रेखा थापा , मुकुन भुषाल ,पूजा शर्मा, , बेनिशा हमाल ,समर्पण जंग कार्की,  शिशिर राणा, सुष्मा कार्की, अन्शु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा रेखाका श्रीमान् बलराम शाही ठकुरी छन् । निर्मातामा भने सुलभ प्रतिक र समीक्षा देउजा रहेका छन् । चलचित्रका अन्य तीन गीतमा अर्जुन पोखरेलको संगीत छ । विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । चलचित्र फागुन २५ महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने निश्चित भएको छ  । 

प्रतिक्रिया