Bisal Chautari Logo

‘नेपाल आइडल ३’को फाइनल भदौ १२ गते हुँदै || किरण,सज्जा र प्रवीणको एकसाथ पहिलो अन्तर्वार्ता

- ८ भाद्र २०७७, सोमबार १७:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ८ सोमबार । नेपालकै चर्चित साङ्गीतिक रियालिटी शो ‘नेपाल आइडल’को सिजन ३ अहिले चलिरहेको छ । लकडाउन खुकुलो भए लगत्तै फेरि शुरु गरिएको ‘नेपाल आइडल’को सिजन ३ को फाइनल पनि आइसकेको छ । नेपाल आइडल ३ फाइनल भदौ १२ गते हुने बताइएको छ ।
‘नेपाल आइडल’को सिजन ३ को फाइनलमा महोत्तरी बर्दिबासका किरण भुजेल, मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवाल रहेका छन् । नेपाल आइडलको फाइनलमा अब यी तीनै जना प्रतिस्पर्धा गर्नेछन् । यी ३ प्रतिस्पर्धीमा कसले नेपाल आइडलको उपाधी हात पार्छ त्यो हेर्न भने भदौ १२ गते नै कुर्न पर्नेछ ।
यसै बिचमा नेपाल आइडल सिजन ३ का फाइनलिस्ट प्रतिस्पर्धीहरुको अन्तर्वार्ता बिशाल चौतारी टिभीमा आएको छ । टप ३ प्रतिस्पर्धीहरु किरण, सज्जा र प्रवीण फाइनल प्रतिस्पर्धाको लागी धेरै उत्साहित देखिए । उनिहरुले अन्तर्वार्तामा भने ‘ हामि बिच प्रतिस्पर्धीको भावना स्टेजमा मात्र हुन्छ ।’
गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल ३ कोरोना भाइरसका कारण ढीलो भएको हो । कोरोनाको रोकथामाको लागि गरिएको लकडाउनका कारण नेपाल आइडल कार्यक्रम केही समय स्थगित भएको थियो ।

अन्तर्वार्ता हेर्नुहोस् :-

प्रतिक्रिया