Bisal Chautari Logo

आमाछोराको भावनात्मक कथामा बन्यो ‘आ बाट आमा २’, ट्रेलरले जित्यो दर्शकको मन

- २७ आश्विन २०८३, मंगलवार २३:४४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,२०८३ असोज २७ मंगलवार।
फिल्म फिल्म ‘आ बाट आमा २’को ट्रेलर रिलिज भएको १३ घण्टामै शिर्षस्थानमा उक्लिएको छ। ओएसआरको युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलर ट्रेण्डिङ २ मा आइपुगेको छ। अधिकांशले ट्रेलरलाई सकरात्मक प्रतिक्रिया दिएका छन्। पल शाह र मलिका महतको जोडीलाई उनीहरुले मन पराएका छन्।
४ मिनेट ५९ सेकेण्ड लामो ट्रेलरमा कुकुरको बच्चालाई गाडीले किच्याउन खोज्दा कृष्ण ९पल शाह०ले बचाएको दृश्यले दर्शकको मन छुन्छ। उक्त दृश्यले बाँधिएको कुकुरले आफ्नो बच्चा बचाउन भुकेको तर कसैले नसुन्दा कृष्णले बचाएको दृश्यलाई दर्शकले मन पराएका छन्। साथै साइग्रेस पोखरेल र आमाको भुमिकामा रहेकी विपना थापाको दर्शकले तारिफ गरेका छन्।

आधाको भुमिकामा देखिएकी मलिका महतको अभिनय पनि उस्तै दमदार देखिन्छ। आकाश श्रेष्ठको यस फिल्ममा खलनायकको भुमिका होकी भन्ने अनुमान लगाउन सकिन्छ भने गजिष्ट बिष्ट ग्यारेज साहु बनेका छन्। पैसा अभाव भएपछि भगवानसँग हात जोडेर एक लाख रुपैया मागेको दृश्यले आम्दानी भइनरहेको र निराशापना भेटिन्छ।
आमा बुबाको सन्तानप्रतिको माया र सन्तानको बुबाआमाप्रतिको माया दर्शाउन भाव ट्रेलरमा देखिन्छ।

चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस फिल्मको ट्रेलर नै गज्जबको देखिएपछि कलाकार टिम पनि दंग देखिएका छन्। उनको कामको फिल्मकर्मीहरुले तारिफ गरिरहेका छन्।
यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन्।
करण सिंह फिल्मको  प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ। अघिल्लो फिल्म‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोडमाथीको व्यापार गरेको थियो। चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउदै छ

प्रतिक्रिया