Bisal Chautari Logo

भक्तपुरको छालीङमा ‘हाफ हेभन कोलनी’: घर वा घडेरी बुकिङमै मिनी ईभी कार उपहार

- ३० बैशाख २०८२, मंगलवार २३:०८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख ३० मंगलवार। द पारामारियो ग्रुप अफ कम्पनी र खड्का एड्भेन्चरको सहकार्यमा भक्तपुरको छालीङ -९ मा निर्माणाधीन ‘हाफ हेभन कोलनी’ ले नयाँ वर्ष २०८२ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ।

१५६ रोपनी क्षेत्रफलमा फैलिएको यो विशाल परियोजनामा ४६ रोपनी खुल्ला क्षेत्र र पार्क रहनेछ भने ३७२ वटा घर तथा घडेरी बिक्रीका लागि उपलब्ध छन्। कम्पनीका अनुसार यो कोलनी नेपालकै उत्कृष्ट सुविधा सम्पन्न हुनेछ । नयाँ वर्षको शुभारम्भसँगै कम्पनीले वैशाख महिनाभित्र घर वा घडेरी बुकिङ गर्ने पहिलो पाँच ग्राहकलाई बैना गरेकै दिन एमएडब्लु वृद्धि मोटर्स प्रा.लि.ले आयात गरेको एक थान मिनी ईभी गाडी उपहार दिने घोषणा गरेको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति प्राप्त यो कोलनी काठमाडौंको सिंहदरबारबाट ३० मिनेट, पशुपतिनाथ गौशालाबाट १२.५ कि.मी र बौद्ध स्तुपाबाट ११ कि.मीको दूरीमा अवस्थित छ। कोटेश्वर जडिबुट्टीबाट २५ मिनेटको दूरीमा रहेको यो ठाउँ पेप्सीकोला नारायणटार पुल हुँदै नोरलिङ रिसोर्ट, गोकर्ण रिसोर्ट नजिकै पर्दछ।

कम्पनीले काठमाडौंको कोलाहलबाट टाढा शान्त वातावरणमा आधुनिक सुविधासहित बस्न चाहनेहरुका लागि यो कोलनी उत्तम विकल्प भएको बताएका छन्। साँखु बजारबाट सिधा ७०० मिटरको दूरीमा रहेको हाफ हेभन कोलनीमा घर र घडेरी दुवैको बुकिङ खुला गरिएको छ।

कोलनीले आगन्तुकहरुका लागि समेत लक्की ड्रमार्फत एउटा घडेरी उपहारको व्यवस्था गरेको छ। काठमाडौंको नजिकै रहेको यो सुविधा सम्पन्न स्थललाई कम्पनीले ‘स्वर्गको एक टुक्रा’काे संज्ञा दिएकाे छ ।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार निर्माण भइरहेको यो कोलनीमा २० र २६ फुटे बाटो, हेलिप्याड, स्विमिङ पुल, ढल, बिजुली बत्ती, पिच रोड, रिसोर्ट र मार्ट लगायतका सुविधाहरु उपलब्ध हुनेछन्। कोलनीको फिल्ड तीव्र गतिमा बनिरहेको र घर निर्माणको काम २०८२ भाद्र महिनाबाट सुरु हुने जानकारी दिइएको छ।

पूर्व दक्षिण मोहडा भएकोले बिहानदेखि बेलुकासम्म घाम लाग्ने यो कोलनीमा वाटर रिजर्भ ट्याङ्क र फायर कन्ट्रोल सिस्टमको समेत व्यवस्था गरिएको छ। बाढी, पहिरो र भूकम्पले असर नगर्ने सुरक्षित र नयाँ प्रविधिबाट निर्मित यो स्थलमा सरकारी मूल्य प्रति आना ८ लाख ५० हजार रहेकोमा तत्काल बैना गरी पास गर्नेलाई प्रति आना २३ लाख ९९ हजारदेखि २५ लाखसम्म मूल्य निर्धारण गरिएको छ।

हाफ हेभन कोलनीका सुविधाहरु-

जग्गा एक्सचेन्जको सुविधा
-जग्गा खरिदमा ३० देखि ४० प्रतिशतसम्म तत्काल बैंक लोन वा सोही बराबरको -जग्गा दिएर बाँकी रकम तिर्न सकिने सुविधा
-साँखु बजार नजिकै धार्मिक स्थलहरु (सुन्दरी जल, साली नदि, पञ्च लक्ष्मी मन्दिर, चाँगुनारायण मन्दिर) को उपस्थिति
-स्कुल, कलेज, हस्पिटल ५ मिनेटको दूरीमा
-१५ वर्षसम्मको ९ प्रतिशत ब्याजदरमा ४० देखि ६० प्रतिशतसम्म बैंक फाइनान्सको सुविधा
-३ आना २ पैसादेखि माथिका घडेरीहरु उपलब्ध
-हरेक घडेरी खरिदकर्तालाई यामाहा स्कुटर उपहार
-४ आनामा २.५ तले फुल फर्निस्ड बंगलो रु १ करोड ९९ लाखमा, साथमा २१ लाख बराबरको १ ईभी गाडी उपहार

यो नेपालकै उत्कृष्ट र सुविधा सम्पन्न कोलनी भएको दाबी गर्दै इच्छुक ग्राहकहरुलाई छिट्टै बुकिङ गरी ढुक्क हुन कम्पनीकाे आग्रह छ । उनीहरुले यो ठाउँ स्वच्छ, सफा र सुन्दर सहर भएको र यहाँ स्वस्थकर वातावरणमा साधारण आयुभन्दा ५ वर्ष बढी बाँच्न सकिनेसमेत दाबी गरेका छन्।

प्रतिक्रिया