Bisal Chautari Logo

‘म त तिम्रै हु’ बाट मेरो एक मेहेनती कलाकारको इमेज बनोस् भन्ने लागेको छ’– ज्योत्सना योगी

- ७ श्रावण २०७३, शुक्रबार ०७:०० मा प्रकाशित


jyotsna yogi interview
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ७ शुक्रबार ।
चलचित्र ‘म त तिम्रै हु’ आज शुक्रबारबाट रिलिज भएको छ । यही चलचित्रको डेब्यु कलाकार मध्येकी एक हुन्, नव–अभिनेत्री ज्योत्सना योगी । उनै ज्योत्सनासंग विशाल चौतारीले गरेको कुराकानी :
jyotsna yogi१. चलचित्र ‘म त तिम्रै हु’ यही साता रिलिज हुदैछ, दर्शकबाट कस्तो प्रतिकृया पाइरहनु भएको छ ?
चलचित्रको ट्रेलर मात्र हेरेरपनि दर्शकहरुले धेरै राम्रो प्रतिकृया दिइरहनु भएको छ । साथै मलाई मेरो सपोटर्स, साथीहरु परिवार सबैले एकदम धेरै शुभकामना दिनुभएको छ । मलाई पहिलो पटक चलचित्रमा देख्न पाउने भएकाले सबैजना खुसी हुनुहुन्छ ।
२. ज्योत्सना योगीको काममा दर्शकले कमिकमजोरी पाउछन्, या पाउदैनन् ?
म नयाँ कलाकार हु, भनेर कुरा यो कुराबाट भाग्दिन । अवश्यपनि कमीकमजोरी पाउनुहुन्छ । किनभने मैले आफैले पनि कमीकमजोरी भेटेको छु, त्यो चलचित्र हेर्दा होस् या छायाँकनकै बेला पनि । तर मैले एकदम मेहेनत गरेको छु । दर्शकलाई निराश बनाउने किसिमको भने छैन ।
jyotsna yogi (1)३. चलचित्र ‘म त तिम्रै हु’बाट चलचित्रमा डेब्यु गर्नुभयो । यो चलचित्रबाट कस्तो इमेज बनोस् भन्ने चाहुनुहुन्छ ?
यो चलचित्रबाट अहिले नै धेरै कुरा पाइसकेकी छु । मलाई अहिले नव–नायिका भनेर बिस्तारै सबैले चिन्दै हुनुहुन्छ । यो चलचित्रबाट मेरो आसा छ की, सबैले मेरो सम्भावना छ भन्ने बुभेर मलाई सबैले हौसला दिउन् । मेरो इमेज यो चलचित्रबाट एक मेहेनती कलाकार नेपाली चलचित्र क्षेत्रमा आएको छ, भनुनु भन्ने आसा रहेको छ ।
४. तपाइलाई कुन अभिनेता मनपर्छ ? र को सँग काम गर्न चाहनुहुन्छ ? किन ?
मलाई गौरव पहारी एकदम मेहेनती र खुबी भएको अभिनेता हुन्, जस्तो लाग्छ । उहाको अभिनय चलचित्रमा हेर्दा एकदम अस्ली लाग्छ । पछी गएर उहासंग अवश्य काम गर्ने इच्छा रहेको छ । तर उहा मात्र नभएर हाम्रो जतिपनि मेहेनती र पारखी कलाकारहरु छन्, उहाहरुसंगपनि स्कृन सियर गर्न पाए म एकदम भाग्यमानी महशुस गर्नेछु । किनभने मलाई उहाहरुबाट एक कलाकारमा हुनुपर्ने थुर्पै गुणहरुको बारेमा सिक्नपनि पाउनेछु ।
jyotsna yogi (5)५. नयाँ प्रोजेक्ट के गर्दै हुनुहुन्छ ? अफर आएको छ ?
अफर आएको छ, तर अहिले कुनै प्रोजेक्ट कम्फर्म गरेको छैन । मैले धेरै सिक्नु छ ।
६ . तपाइलाई कस्तो किसिमको चलचित्र गर्ने सोख रहेको छ ?
मलाई सबै किसिमको चलचित्र गर्ने मन छ । जस्तो: लव स्टोरी, माइस्टोरी, हरहर, एक्सन, ड्रामा लगायत रहेका छन् ।
७. यो चलचित्रले सफल्ता दिलाएन भने कसरी अगाडी बढ्ने सोच छ ?
म अहिले आफुलाई एकदम मध्यम लेवलमा राखेर बसेको छु । म सफल भएपनि नभएपनि अबको योजना भनेको धेरै मेहेनत गर्दै एक्टिङ क्लासहरु लिने सोच रहेको छ । धेरै गर्नु छ, तर रोक्न चाही आफुलाई रोक्दिन । किनभने मलाई सानैदेखी चलचित्रमा काम गर्ने सोख थियो ।

jyotsna yogi (3)

तस्बिरहरु : bryan rai, kishor kayastha  and Anjil Maskey

प्रतिक्रिया