Bisal Chautari Logo

चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री

- १५ आश्विन २०८०, सोमबार १३:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज १५ सोमवार।
 हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ । चलचित्रका निर्माता जीतेन्द्र खतिवडाका अनुसार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेका हुन् ।

नेपाली चलचित्रले ती देशहरूबाट प्राप्त गरिरहेको उच्चतम रकममा अधिकार बिक्री गरिएको खतिवडाले बताए । यसअघि अस्ट्रेलियामा पनि ‘रङ्गेली’बिक्री भइसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ ।

आगामी मार्च ८ तारिख ९महाशिवरात्रिको दिन फागुन २५ गते०मा अस्ट्रेलिया, जापान, कोरिया र हङकङमा यो चलचित्र नेपालसँगै रिलिज हुने पक्का भइसकेको छ । सोही मितिमा रिलिज गर्न यी बाहेकका मुलुकहरूमा पनि वितरकहरूसँग सम्झौता हुने तयारीमा रहेको निर्माता खतिवडाले बताए ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । हाल चलचित्रको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ ।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ । चलचित्रका अन्य गीतहरूमा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह(निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।

प्रतिक्रिया