Bisal Chautari Logo

संगीत जीवनको एउटा साधना हो (हारमुनियममा संगितकार श्रेष्ठको फोटो फिचरपनि)

- १४ असार २०७०, शुक्रबार ०४:३३ मा प्रकाशित


–सन्तोस श्रेष्ठ संगीकार  
 विशालसंग संगित संवाद 

तपाईंको बुझाइमा संगीत के हो ?
यथार्थमा भन्ने हो भने संगीत जीवनको एउटा साधना हो, जसले समाजलाई एक किसिमको सन्देश प्रवाह गरिरहेको हुन्छ । त्यो सन्देशले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्धत गर्छ । विकसित मुलुकहरूमा सानै उमेरदेखि संगीतमा लाग्छन् ।
तपाईंले पहिलोचोटि सुनेको गीत ?
नारायण गोपालको स्वर रहेको यो सम्झने मन छ बोलको गीत, जसमा शब्द दिनेश अधिकारीको थियो । त्यस्तै ९–१० वर्षको छँदा बडा बा बोलको गीत रेडियोमा सुनेको थिए । यसै गीतले मलाई आधुनिक संगीतमा लाग्न प्रेरणा दियो ।
जीवनसित मेल खाने कुनै गीत होला नी ?
‘हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउला‘’ बोलको गीत । यस गीतमा शब्द, संगीत र स्वर महेश पाल्पालीको रहेको छ । यो गीत सुनेपछि मलाई आफूले जन्म दिने आमालाई सोचे जति सुख दिन सकिन की भन्ने लाग्छ ।
like this facebook page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
तपाईंको सबैभन्दा मनपर्ने गीत ?
माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजिको स्वर र संगीतमा रहेको नेपाली हामी रहौला कहाँ नेपालै नरहे बोलको गीत ।

सांगीतिक क्षेत्रमा लाग्नुको कारणचाँहि जान्न मिल्छ ?
सानैदेखि शान्त स्वभावको म । त्यतिबेला स्थानीय गीत संगीतलाई नजिकबाट नियाल्थेँ । यसरी गीत संगीतलाई निरन्तर नियाल्ने क्रममा सांगीतिक क्षेत्रमा लागँ।
अहिलेसम्म कति गीतमा संगीत भर्नुभयो होला ?
२०० भन्दा बढी भए होलान् ।
तपाईंलाई मन पर्ने गीतकार, संगीतकार र गायक ?
गीतकार माधवप्रसाद घिमिरे, संगीतकार गोपाल योञ्जन र गायक नारायण गोपाल । उहाँहरूको नाम नलिने जो कोही पनि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्नेले जगविनाको घर बनाउन खोजे जस्तो लाग्छ ।
मन नपर्ने कुनै हिट गीत पनि छ ?
गोपाल योञ्जन दाइको शब्द संगीत र स्वर रहेको बनेको छ पहाराले यो छाती मेरो‘ गीत । यो गीत मेरो विचारमा गोपाल दाइको शब्द तथा संगीतमा मात्र भएर नारायण गोपालको स्वर भएको भए अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।
आफूले संगीत भरेकामध्ये सबैभन्दा चित्त बुझेको र नबुझेको गीत पनि होला नी ?
रमेश क्षितिजको शब्द, राजेशपायल राईको स्वरमा रहेको धेरै माया ऋण हुन्छ बोलको गीत अहिलेसम्म गरेको संगीतमध्ये चित्त बुझेको गीत हो भने चित्त नबुझेको गीतचाहिँ तिम्रो दिलमा चोट लाग्दा बोलको हो ।
तपाइंलाई मन परेको शब्द–रचना ?
रमेश क्षितिजको शब्दमा परेलीको बर्सादले बोलको गीत मलाई मनपरेको शब्द हो । यस गीतको हरेक अन्तरामा नयाँपन छ ।
तपाईंलाई राम्रो लागेको म्युजिक भिडियो ?
मेरै गीत तिमीले पराई ठानेपछि‘ मा बनेको म्युजिक भिडियो । प्रसन्न पौडेलले निर्देशन रहेको यस भिडियोमा निशा अधिकारी, ऋचासिंह ठकुरी र मुकेश आचार्यले अभिनय गरेका छन् ।
तपाइको जस्तो बन्न चाहनुहुन्छ ?
नेपाली सांगीतिक क्षेत्रमा मेरो आफ्नै पहिचान र शैली छ । त्यसैले कसैसँग दाज्न सक्दिनँ ।
यो क्षेत्र छोड्नु पर्‍यो भने ?
लाग्छ, छोड्न सक्दिन । तर, बाध्य भए भने सामाजिक कार्य गरेर संगीतकै उत्थानमा लाग्छु ।

प्रतिक्रिया