Bisal Chautari Logo

नयाँ अङ्रेजी बर्ष र नेपाल को स्थिती

- १९ पुष २०७०, शुक्रबार १५:२५ मा प्रकाशित


    

नयाँ बर्ष आएको पत्तै भएन छ । अघी मात्रै एउटा समाचार हेरेको ”नया बर्षको शुभकामना ”लेखेको रहेछ अनी पो झसङग भए,नया बर्ष पो लागेछ । दुस्ख लाग्यो अब त केही सुधार होला कि” भन्ने आशा र सकारात्मक सोंचका साथ शुभ(कामनाको आदान प्रदानबाट शुरु भएर पुनस् निराशै निराशामै सकिएको वर्षको सूचिमा २०१३  पनि अपबाद बन्न नसकी नयाँ बर्ष २०१४  पनि आज बाट लागिसकेको छ ।   राजनीति गर्नेहरुमा जनताद्धारा ठूलो पाठ सिकाइंदा समेत नानीदेखी लागेको बानीमा रत्तिभर सुधार देखा नपर्नु तथा स्वार्थपूर्ण भावनाका कारण लोकतन्त्रलाई अत्यन्तै हास्यतन्त्रमा परिणत गरिदिनु, राष्ट्रियतासम्बन्धी अत्यन्तै संबेदनशील बिषयमा पूर्ण रुपले सरकारी मौनता दर्शाउने मात्र नभएर अझ अनाबस्यक कुरामा भने निसंकोच झन झन बल मिच्याइ गर्नु, प्राप्त गणतन्त्रलाई मजबूत बनाउँदै लैजानुको अलावा झन झन कम्जोर बनाउँदै लगेको आभास दिलाउनु जस्ता यथार्थताहरुको सामना गर्नु पर्यो देशले । एकातिर भोकमरी, जीवन जलको लागि तडपिएका, सीमा क्षेत्रमा सीमा अतिक्रमणका अतिरिक्त अमानबीय व्यबहार सामना गर्नेहरुले अनाथ भएको महसूस गर्न पर्यो भने त्यही बेला जिम्मेवारी बहन गर्नु पर्नेहरु आवश्यकताभन्दा बढी हुल बाधेर बिदेश शयर गर्न र समस्यामा पर्नेहरुको लागि आवश्यक  पर्ने औषधी र खाद्यान्न ब्यबस्था गर्नभन्दा हतियार किन्ने गोप्य कार्य गर्नतिरै ब्यस्त देखिनुले ँकाम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनाइ चरितार्थ गराउँदै आफूहरुमा लागेको दाग मेटाउने सुबसरलाई बुझ्न नसकेको देखियो । निहत्था सर्ब साधारणलाई हत्या गरेर हत्या गरेको प्रमाण नस्ट गर्ने सेनाको प्रयासलाई ढाक छोप गर्ने मन्त्रीको प्रयासले गणतन्त्रमा  पन्चायती मानसिकताको आभास दिलायो । लुटपाट का घटना, ब्यापारी हत्या, अत्यन्तै मौलाउदै गयो ।

३ महिना भित्र १२ जना ब्यापारी को काठमान्डौ मा हत्या भयो । झन्डै साढे दुई दशकपछि देश भित्रिने भन्दा बाहिरिने रकम बढेर शोधनान्तर घाटा खेप्न बाध्य भएको छ आफन्तलाई राजनीतिक नियुक्ति दिन नियम मिच्ने तथा नाम नै समेत परिवर्तन गर्ने र नियमानुसार आवश्यक योग्यता नपुगेकाहरुलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने कार्य समेत हुनुले ँनेपालका कानून दैबले जानून” भन्ने संस्कारलाई अझै हामीले बिदा दिनुको सट्टा झन सिदा दिएर पालन पोषण गरेको भन्न हिचकिचाउन नपर्ने अवस्था यथावत भएको पाइयो । ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको ब्यक्तिलाई मन्त्रिपरिषदबाटै मुद्दा फिर्ता लिने मात्र नभएर तत्कालै संयुक्त राष्ट्रसंघको महासभामा ससम्मान प्रतिनिधिको रुपमा लैजाने, घुमिफिरी रुम्जाटार भने झैं जति गरे पनि भ्रस्ट भनेर चिनिएकाहरु र जनताबाट पाखा लगाइएकाहरु नै सरकार सन्चालनका प्रत्यक्ष परोक्ष रुपमा हर्ताकर्ता हुने जस्ता यथार्तताहरुले गर्दा सतीको श्राप परेको देश भन्ने कुरालाई नचाहेरै पनि बारंबार संझनु पर्ने अवस्था छ । हाम्रो भूगोल, जनसंख्या, साक्षरता, आर्थिक अवस्था, जातजाति, राजनीतिक दलका नेता(कार्यकर्ताहरूले राष्ट्रका लागि गरेको योगदान आदि सबै कुरा विचार गर्दा एउटा संविधान बनाउन ६ सय १ को संख्या ठूलो होइन । यो त संविधान बनाउन मात्र नभई हामी सबैको योगदानको कदरस्वरूप पुरस्कृत पनि त गरएिको हो १ राजनीतिक दलहरूले भागबन्डा गरेर आफ्ना कार्यकर्तालाई दिएको अस्थायी नोकरी नै सम्झे पनि हुन्छ ९ अर्बको सरकारी खर्च अनि चार बर्षको समय व्यर्थसँगै दोश्रो संबिधान सभाको चुनाव पनि सम्पन्न भयो ।  संबिधान सभाले दिएको परीमाण नै नमान्ने,२ महिन बित्न्न लाग्द पनि समानुपातिक नाम बुझाउन नसक्ने,जंगल देखिनै आतंक फैलाएर सरकार अनि सडक आफै तताउने दोहोरो  भूमिकासँगै संघीयताको  नाममा जातजतिको राज्य बढ्दै हिडेको अनि देशमा जातजति बीच द्धन्द  सिर्जना गरेर जातीय सदभाब र सन्तुलन लाई बिचलित तुल्लाएको सबैलाई थाहा  भएको कुरो हो । नेपाली जनतालाई सपना बाढ्दै कुरा गर्न खप्पिस  अनि राजनीतिक नेताहरुलाई एकापसमा जुटाउन अनि रोटे पिंग जस्तै रिंगाउन  सिपालु  भएका माओबादीहरु विभिन्न क्रियाकलापले देखाउदै  आएको छ । नेपाललाई स्विट्जरल्याण्ड त कहिले  सिगापुर बनाउन, अनि नेपाली जनतालाई सपना  देखाउन  खप्पिस  माओबादीहरु एकापसको  झगडा  अनि राजनेताहरुको  धारे हातहरुसँगै नेपालमा नयाँ  संबिधान होइन जनतालाई चरम संक्रमणकालको कोसेली दिएका छन् । गणतन्त्र स्थापना गर्न हामी नेपालीले कति रगत बगायौ होला कति घाइते भयौ होला कति अपांग भयौ होला  यसको केहि लेखाजोखा कुनै राजनीति नेताहरुले राखेका छैनन् । नयाँ संबिधानको आश गरि रहेका नेपालीको सपनालाई लत्याएर १५ मिनेट बाँकी हुँदै समाप्त पारीयो । 

            नेपाली जनताको संविधानको अभीष्टलाई लत्याएर सत्तामा टिकिराख्न जस्तै सम्झौता र कानुनको उपहास गर्न पनि नहिच्किचाउने राजनीतिक ठगहरूलाई नेपाली जनताले फेरी एकपटक मौका दिएका छन । यसको सदुपयोग हुन्छ जस्तो अझै लागेको छैन ।  जनताको कर र राज्यको सुबिधाबाट मोजमस्ती गर्न ६०१ महँगा सभासदहरू फेरी छानेको छ । राष्ट्र र जनहितमा भन्दा पनि आफ्नो गुटको भविष्य सुरक्षित गर्न सबै दलहरु लागेको देखिन्छन । संबिधानसभाको सफलताको प्रभाबकारी भूमिका पुरा गर्न नसक्ने यी अनुहारहरुलाई फेरी नेपाली जनताको पसिनाको  अर्बौ रुपैयाँ खर्च गरेर ६ महिना पछि यिनै अनुहारलाई चुनिएमा कुनै अर्थ रहदैन । ४ वर्षमा ४ ओटा सरकार अनि चारै  पटक म्याद थप गर्न तयार यी नेताहरु कहिले हत्याराको रुपमा भने कहिले पासपोर्ट  दुरुपयोगको रुपमा अनि कहिले भ्रस्टचारीको रुपमा भने कहिले एस एल सी को नक्कली परीक्षार्थिको रुपमा अनि डकैती, अपहरणको रुपमा चिनिएका यी नेताहरुलाई समानुपातिक  प्रक्रियाबाट चुनियो भने यो नेपाली जनताको लागि ठुलो गल्ती हुनेछ । 
             नेपालमा संबिधानसभाबाट  संबिधान नबने निश्चित  आफ्नै आँखा अगाडी हुँदाहुँदै  फेरी त्यही मुख हेर्न नेपाली जनता कथाकथाचित बाध्य हुने छैनन् अनि फेरी यो गल्ती दोहोर्याउनु नेपाली जनताको लागि ठुलो  दुर्भाग्य अनि गल्ति हुनेछ । हामी नेपाली हौ, हाम्रो देश नेपाल सबैको साझा फुलबारी  हो । न कुनै जातजातमा छुवाछुत छ, न कुनै मठ मन्दिरमा विवाद छ । न कुनै भाषाभाषीमा झैझगडा छ । हामी एक जुट छौँ भन्ने संदेश दिनको लागि पो वानेश्वर अगाडी जमघट भएका थियौ त रु सुन्दर शान्त नेपाल जहाँ शान्ति होस शिक्षा होस, कानुन र ऐनको उचित प्रयोग होस , जातको समान अधिकार होस जातीय सदभाब होस यसको लागि पो आन्दोलन गरेका थियौ त रु नेपाली जनताले शान्त, सुन्दर नेपालको कल्पना अनि सुन्दर नेपालमा सबै जातजाती अटाउने संघिय  नेपालको नयाँ  संबिधानको लागि देशको  ठाउँ ठाउँबाट  खर्चिएको समय अनि ति आवाजलाई कुल्चिएर जनतालाई धोका दिने अनि संबिधानको सपना बोकाउने ति बुढा गोरुलाई जबसम्म समाजबाट बहिस्कार गर्न सक्दैनौ तबसम्म नयाँ नेपालको कल्पना गर्न  मात्र हुनेछ । 
लहलहैमा लगेर अर्बौको घाटा हुने गरि देश बन्द गर्न तयार हामीहरु देशको संरचना भत्काउन अनि भाई(भाईवीचको झगडा, लडाई गर्न पछि नपर्ने हामीहरुलाई सहि समय संबिधान ल्याउन नसकेपनि बिगतमा जे जे भएपनी अबको १ बर्ष भित्र संबिधान बन्न सकोस ।  हरेक क्षेत्रमा यस्तै हास्यस्पद तर अत्यन्तै पीडादायक बिसंगतिहरुका कारण सकारात्मक कुराहरु खोज्न चाहेरै पनि अत्यन्तै दुर्लभ जस्तै बनाइएर हरेक दृष्टिकोणबाट देशलाई बदनाम र असफल बनाउँदै गणतन्त्र पश्चात बर्षहरु हामीबाट बिदा भएका छन । विश्वभर बाट शुभ(कामना र खुशीयालीका साथ शुरु भएको अन्त्तराष्ट्रिय नयाँ बर्षको शुरुवातसंगै जे होस अब पुनस् एउटा सकारात्मक सोंच, आशा, उमंग सहित नयाँ अङ्रेजी  बर्ष २०१४ लाई स्वागत गरौं । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने गणतान्त्रिक राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोसस नेपालीको  चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जिउने संबिधान होस । संपूर्ण नेपालीमा पनि तदनुरुपको भावनाको बिकास होस । यो नयाँ अङ्रेजी वर्ष २०१४ को सुखद उपलक्ष्यमा मेरो र आम दोलखाबासी को तर्फबाट उत्तर ( उत्तर प्रगती को कामना सहित  यहाँहरु  लगायत यहाँहरुको स-परिवारमा सुख, शान्ति तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभ कामना !!!

प्रतिक्रिया