Bisal Chautari Logo

हिरोइनले साथ छोडेपछि निर्देशकले भने, ‘बहिनी अब कहिले खेलाउन्न’

- २३ बैशाख २०७१, मंगलवार १२:४३ मा प्रकाशित


hema-and-milan

चलचित्रको प्रदर्शनको छेकोमा नायिकाले साथ छोडेपछि ‘हँसिया’का निर्देशक मिलन चाम्स तनावमा छन् । चलचित्रकी नव-नायिका हेमा श्रेष्ठ न त वेलायतमा भएको विशेष शोमा नै सहभागी भइन्, न त मिडियामा नै प्रचारमा हिडेकी छिन् ।

निर्देशक मिलन चाम्सले आफूलाई बहिनी नफाकेको गुनासो गरे । हेमा यतिबेला दुबइको इतिहादमा एयर होस्टेज बन्न तालिम लिइरहेकी छिन् । ‘सिनेमामा पनि राम्रो काम गरिन्, तर चल्ने बेलामा चटक्कै छोडेर हिडिन्’, मिलनले गुनासो पोख्दै भने ।

उनले जीवनमा ४ वटा वहिनी बनाएको तर सबैले साथ छोडेको बताउँदै सिनेमामा बहिनीलाई नखेलाउने बताए ।rajesh-hamal-milan-and-anup

जेठ ९ गतेबाट देशभव्यापी प्रदर्शनमा आउन लागेको यो सिनेमामा हेमा श्रेष्ठका अलवा राजेश हमाल, अनुप विक्रम शाहीको मुख्य भूमिका छ । नायक राजेश हमालले सिनेमामा काम गर्दा निक्कै रमाइलो भएको बताउँदै ‘हँसिया’लाई पृथक बताए । एक्सन थि्रलर सिनेमालाई दुर्गा घलेले निर्माण गरेकी हुन् । चलचित्रमा कल्याण सिंहको संगीत, रिनाशा राई वान्तवाको नृत्य, रामकुरमा उप्रेतीको छायांकन, राजकुमार उप्रेतीको एक्सन छ ।

कार्यक्रममा बेलायतमा आयोजना गरिएको पि्रमियरको भिडियो पनि प्रदर्शन गरिएको थियो । बेलायतमा गरिएको विभिन्न शोमा पुगेका दर्शकले ‘हँसिया’लाई खुबै मन पराएका थिए । उनीहरुले हलिउड सिनेमाको जस्तो लाग्ने एक्सन ‘हँसिया’मा भएको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया