Bisal Chautari Logo

पत्रकार ढकालले मोड्लिङ गरेको पहिलो विज्ञापन सार्वजनिक

- ११ आश्विन २०७०, शुक्रबार १२:१७ मा प्रकाशित


११ असोज, काठमाडौं । नेपाली पत्रकारिताका युवा लेखक तथा कमाण्डर पोष्ट दैनिकका समाचार सम्पादक विनोद ढकालले पहिलो चोटि मोडलिङ गरेको विज्ञापन सार्वजनिक भएको छ । उनले सरकारी कम्पनी डिडिसी दुधको विज्ञापनका लागि ब्राण्ड एम्वेस्डर बनेका छन् ।  कम्तिमा नेपालभर रहने होडिङ वोर्डका लागि ढकालले सो विज्ञापनमा मोड्लिङ  गरेका हुन् । विशाल चौतारीसंग कुराकानि गर्दै भने,‘एउटा फरक स्वादको परिक्षण गरेको हु।’ उनी नेपाली पत्रकारितामा राम्रो दक्षता भएका समाचार सम्पादकका रुपमा चिनिन्छन् । पत्रकारिता गरेको १० वर्षमा उनले पहिलो पल्ट मोडलिङमा खुट्टा राखेका हुन् । उनी अझै केही सरकारी विज्ञापनको तयारीमा पनि छन् । उनले विशाल चौतारीसंगको कुराकानिमा भने,‘चासो छ, अफर आयो भने गरिन्छ तर मेरो फिल्ड पत्रकारिता नै हो, लेखन नै हो ।’ ग्ल्यामर फिल्डमा छिरेका लेखक कतिञ्जेलसम्म लेखिरहनसक्नेछन् त्यो थाहा छैन तर चर्चा कमाउन थालेपछि उनी पक्कै मोडलिङमा व्यस्त रहनेछन् । पत्रकार तथा लेखक ढकाललाई विशाल चौतारीको तर्फबाट सुभकामना !

प्रतिक्रिया