Bisal Chautari Logo

अन्य समुदायका मानिसहरुकोपनि साकेलामा बाक्लो उपस्थिति, साकेलामा सकृय बन्दै कलाकारहरु

- १८ जेष्ठ २०७०, शनिबार १४:५७ मा प्रकाशित



यस वर्ष भन्दा अगाडि वर्षहरुलाई हेर्ने हो भने साकेलामा राई समुदायका मानिसहरुमात्र फाट्टफुट्ट देखिन्थे । तर यस वर्षदेखि अन्य समुदायका मानिसहरुकोपनि उपस्थिती बाग्लो किसिमको थियो ।’

काठमाडौ, १८ शनिवार । किरात राई समुदायहरुको महान चाड साकेला उभौलि पर्व काठमाडौको टुडिखेल स्थित शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गत शनिवार ललितपुरको नखिपोटबाट सुरु भएको साकेला एक हप्तापछि टुडिखेलमा मनाईदै आएको छ ।यस वर्ष भन्दा अगाडि वर्षहरुलाई हेर्ने हो भने साकेलामा राई समुदायका मानिसहरुमात्र फाट्टफुट्ट देखिन्थे । तर यस वर्षदेखि अन्य समुदायका

मानिसहरुकोपनि उपस्थिती बाग्लो किसिमको थियो ।
नयाँ पुस्ताका किरात सुमुदाय भित्रका धेरै मानिसहरु किराति भेषभुषालाई यस वर्षको साकेलादेखि जोड दिएको देख्न सकिन्थ्यो । विस्तारै लोप हुदै गईरहेको किराति भेष भुषालाई यस वर्ष राम्रो संग नियाल्न पाईयो । आयोजकको फितलो व्यावस्थापन भएपनि साकेला भव्य र सभ्य किसिमले सकियो । हरेक वर्ष साकेलामा झगडाको क्रमपनि रोकिएको छ । बढि भन्दाबढि मादक पदार्थ खाएर झगडा गर्नेहरुको संख्या यस वर्षको साकेलामा देखिएन ।
यसैवर्षदेखिको साकेलामा कलाकारहरुकोपनि उपस्थिति निकै बाक्लो थियो । साकेलालाई भव्यताका साथ सफल पार्नका लागि कलाकारहरु निकै सकृय थिए । नेपालका चर्चित संगितकार शान्तिराम राई साकेला नाच सुरु हुन भन्दा करिव दुई घण्टा अगाडि पुगेर सहयोग गरिरहेका थिए । त्यस्तै प्रदर्शोन्मुख चलचित्र प्रोड्युसरका निर्माता ज्योतिराज राईपनि साकेला सुरु हुनभन्दा अगाडि पुगेर एक किसिमको सहयोग गरिरहेका थिए । राई समुदायको प्रतिनिधित्व गरेर बनिएकि मिस राई युमा राईपनि साकेला नाच सुरु हुनभन्दा अगाडि नै आईपुगेका थिए । मिस राई युमाले किराति भेष झल्कने किसिमको पहिरन लगाएर उपस्थित भएकि थिईन् । करिव साढे ११ बजेदेखि सुरु भएको साकेला नाच परम्परागत रुपबाट पुजाआजा गरि सुरु गरिएपछि नाच्न सुरु गरिएको थियो । साकेलामा गायक धिरज राई, रेवत राई, राई नविन, सागर राई, सचिन राई लगायत उपस्थित थिएभने, गितकारहरु विरेन्द्र राई, नाकिमा राई, भुवन पारुहाङ लगातय उपस्थित थिए । उता जनजाति नेताहरुकोपनि साकेलामा राम्रै उपस्थिति रहेको थियो । इतिहास विषयबाट गोल्ड मेडलिस्ट तथा युवा नेता भुपेन्द्र राई साकेला माहोलमा रमाईरहेका देखिन्थे ।  

प्रतिक्रिया