Bisal Chautari Logo

प्रमोद खरेलको ‘लै लै लै’ गीत ट्रेन्डिङमा

- ३० माघ २०८१, बुधबार १७:५९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ माघ ३० बुधवार ।
लोकप्रिय गायक गायक प्रमोद खरेलको ‘लै लै लै’ बोलको गीत ट्रेन्डिङमा परेको छ । यो समाचार बनाइरहेको समयमा नेपालको म्युजिक विधा अन्तर्गत ट्रेन्डिङ नम्बर १९ मा रहेको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतलाई योगेश काजीले एरेन्ज गरेका छन् ।

भिडिओमा पल शाह र जुना विश्वकर्मा फिचर्ड छन् भने प्रमोदको ‘स्पेशल अपिरियन्स’ देख्न सकिन्छ। गीतमा आफूले मन पराएको युवतीको बयान गरिएको छ। यो गीतको भिडिओ निर्देशन शान थापाको हो। त्यस्तै, यसमा रोशन विश्वकर्माको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र विवेक सुनारको सम्पादन छ।

पछिल्लो समय प्रमोद खरेल आफ्नो ब्याण्ड परम्परासँगको कन्सर्ट टुरमा ब्यस्त छन् । यो गीतलाई पनि उनले ब्याण्डको कन्सर्टमा प्रस्तुत गर्नेछन् । प्रमोदका यसअघिका डान्सिङ गीत ‘ओए झुमा झुम्कावाली’, ‘यो कुरा गोप्य’ लगायतका थुप्रै गीत हिट छन् । ‘प्रमोद खरेल एण्ड परम्परा’ ब्याण्डले अब भ्यालेन्टाइनमा चितवनको सौराहमा कन्सर्ट गर्दैछ। त्यसपछि सुनसरी, झापा, इलाम, मोरङमा कन्सर्ट तय छ।

प्रतिक्रिया