Bisal Chautari Logo

बोक्सिको आरोप लगाउनेहरु माथि कडा कारवाहिको माग उदयपुरमा

- २२ भाद्र २०७०, शनिबार ११:२८ मा प्रकाशित


सचिन बशिष्ठ

२२ भाद्र, उदयपुर । त्रियुगा नगरपालिका १४ उत्तराई टोलकि आशा देवी चौधरी र १७ बर्षीया छोरी पविलाई बोस्कीको अरोप लगाई शारिरिक र मानशिक यातना दिनेहरुमाथि कारवाहि गर्न कुरीतिजन्य हिंसा अन्तराष्ट्रिय सञ्जाल (सोच) नेपाल उदयपुरले माग गरेको छ । 
सञ्जालले एक विज्ञप्ती प्रकाशित गर्दै पिडितहरुले उजुरि दिएको आधारमा पक्राउ परेका ६ जनालाई सामाजिक मेलमिलाप गराउने तयारी भईरहेको भन्दै सोच नेपालले कारवाहिको माग गरेको हो । कथित बोक्सी आरोपलाई सामाजिक मुल्य मान्यता एवं रितिका रुपमा संरक्षित अन्धविश्वासलाई समाजले विभिन्न ढंगले स्विकारि रहेको ले त्यस्ता कुरितिको अन्त्य गर्दै पीडकलाई कारवाहिकालागि जोडदार माग गरेको छ । सञ्जालका अध्यक्ष माधव प्रकाश पराजुलीद्धारा हस्ताक्षरीति विज्ञप्तीमा उत्तराईटोलकि आशा देवी चौधरी २०३५ सालदेखि कथित बोक्सीको आरोपमा सिंगो गाउा छिमेकबाट अपहेलिदै हुदै आएकि र गत भदै ११ गते राति छोरी पवि चौधरीलाईपनि कुटपिट तथा लछारपछार गर्दै मन्दिरमा लगेर थुक थुक्न लगाई पुन चाट्न लगाईएको घट्नाले सञ्जालको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । कुटपिट गर्नेहरु यतिवेला प्रहरीको हिरासतमा रहेर आफ्नो गल्तिनै नभएको वयान दिईरहेको अवस्थामा मिलापत्र गर्ने भन्नेकुरा वाहिर आईरहेकोले त्यसो गर्न नहुने सोच नेपालले माग गरेको छ । पीडित चौधरी आमा छोरीलाई दश बर्षदेखि पानी बार्नु, ३० बर्ष अगघिदेखि बाटोमा हिड्दा गाउालेले थुकिरहनु, गाउामा जो कोहि विरामिहुादा त्यसको आरोप खेपिरहेको अवस्थामा अन्धविश्वासको भुमरिमा फसेका पीडकहरुलाई कानुन अनुसार कारवाहि गर्न समेत माग गरेको छ । विज्ञप्तीमा बोक्सी आरोप लगाउने कथित मतियारहरु प्रहरी हिरासतमा रहेको अवस्थामा मिलापत्र गर्न चौतर्फि दवाव आएको जानकारी बारिह आएकाले दोषिलाई कडा कारवाहि गरि पीडितलाई उचित क्षेतीपूर्ति, सामाजिक सम्मान र पुनस्थापनगर्ने प्रकृया अविलम्ब थाल्न माग गरिएको छ ।

प्रतिक्रिया