Bisal Chautari Logo

एसएलसी पुरक परीक्षामा ६० प्रतिशत विद्यार्थी उत्तिर्ण

- २४ भाद्र २०७०, सोमबार ०५:३३ मा प्रकाशित


२४ भदौ, काठमाडौं । १ महिना अगाडि भएको पुरक परीक्षामा १ लाख ११ हजार ७ सय २४ विद्यार्थी सहभागी भएका मध्ये परीक्षामा ६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार प्रकाशित गरेको परीक्षाफलमा ६७ हजार ५१ परीक्षार्थी उत्तिर्ण भएका छन् । पूरक परीक्षामा १ हजार ६ सय १० जना प्रथम श्रेणीमा पास भएका छन् भने ४८ हजार ८ सय ६७ जना दोस्रो र १६ हजार ५ सय ७४ जना तेश्रो श्रेणीमा पास भएका छन् । एसएलसी परीक्षामा दुई विषयमा फेल भएकाहरु पूरक परीक्षामा सहभागी भएका थिए । परीक्षाको नतिजा  www.soce.gov.np  र  moe.gov.np, doe.gov.np, slc.ntc.net.npमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया