Bisal Chautari Logo

२८ बर्षीय युवा उम्मेदवार सिफारिस

- २४ भाद्र २०७०, सोमबार १२:५८ मा प्रकाशित


२४ भाद्र, उदयपुर । 
राजकिशोर यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) उदयपुरले दोश्रो संविधानसभा निर्वाचनकोलागि प्रत्यक्ष तथा समानुपातिक उम्मेद्धवार सिफारिस गरेको छ । सोमबार सदरमुकाम गाईघाटमा बसेको गणतान्त्रिक फोरमको २ नम्बर क्षेत्रिय कमिटिको बैठकले प्रत्यक्ष तर्फ युवा उम्मेदवार कैलास गुरागाई (डिस्टान्स)लाई सिफारिस गरेको छ ।
संविधान सभामा युवा पुस्ताको प्रतिनिधित्व नभएका कारण संविधानसभाको असामयिक विघटन भएको भन्दै फोरमले २८ बर्षीय युवा गुरागाईलाई सिफारिस गरेको जनाईएको छ । समाजसास्त्रबाट स्नातकोत्तर गरेका गुरागाई समान्य विद्यार्थी हुन् । संविधान लेख्ने बेलामा बुढापाका नेताहरुले युवाहरुको भविश्यमाथि कुठाराघात गरेको भन्दै लाखौ युवाहरुको भविश्य सुनिश्चित गर्न आफुले उम्मेदवारी दिएको गरागाईले बताए । बैठकले गणतान्त्रिक फोरमका जिल्ला अध्यक्ष तथा केन्दिय सदस्य खेमनारायण यादवलाई समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । फोरमले क्षेत्रनम्बर १ र ३ को उम्मेदवार भने केहि समयपछि बैठक बसेर टुंगो लगाउने जनाईएको छ ।

प्रतिक्रिया