
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र ३० मंगलवार। असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज गीतले हंगामा मच्चाइरहेको छ । ‘जेठानी–देउरानी’ बोलको गीतले सामाजिक संजालमा तहल्का मच्चाउँदै गर्दा अब यसको नयाँ गीत सार्वजनिक भएको छ । ‘ए माया नजिकै सर’ बोलको गीत आज ओएसआएर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा दशैंको भाइव्स छ । गीतमा मुख्य कलाकारहरुले रातो टिका, जमरा लगाएका छन् । रोटे पिङ्गमा कोरसहरु रमाइरहेका छन् । यसले, अब तीज पर्व सकिन नपाउँदै दशैं पर्व सुरु भएको अनुभुती हुनुन्छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, रामचन्द्र काफ्ले र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियोलाई रामजी लामिछानेलेको कोरियोग्राफी गरेका हुन् । भिडियोमा फिल्मका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको नृत्य हेर्न सकिन्छ । गीतकै भिडियोमा केकी र आँचलको झगडा समेत हेर्न सकिन्छ । यो गीतले पनि दर्शकको उच्च साथ पाउने अपेक्षा गर्न सकिन्छ ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । फिल्मको टिजरले दर्शकको ध्यान तानिसकेको छ ।
‘झिंगे दाउ’ फिल्मलाई युट्युबमै ८० लाख भ्यूज मिलिसकेको छ । यो फिल्म हेरेपछि दर्शक ‘झिंगे दाउ २’ हेर्न निकै उत्साहित देखिएका छन् । फिल्मको ट्रेलरले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
प्रतिक्रिया