Bisal Chautari Logo

‘अक्षरा’बाट पुस्करको व्यस्तता बढ्यो,‘बाकस’मा भए अनुबन्धित

- २६ आश्विन २०८३, सोमबार १७:४४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज २६ सोमवार।
 हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’का अभिनेता पुस्कर राउत नयाँ फिल्ममा अनुबन्ध भएका छन्। शनिबार फिल्मका निर्देशक नविन पन्तले अभिनेता राउतलाई आफ्नो फिल्म ‘बाकस’मा अनुबन्ध गरेका हुन्।

उनलाई कुन भूमिकामा लिइएको निर्देशक पन्तले खुलाउन चाहेनन्।
उनले भने,‘फिल्मको कथावस्तु अनुसार नै उहाँलाई फिल्ममा अनुबन्ध गरिएको हो। उहाँको भुमिकामा बारेपछि भनौँला।’
पुस्करको हलमा प्रदर्शन भइरहेको फिल्म ‘अक्षरा’ पहिलो भने होइन। यसअघि उनले ‘कम्पन’,‘एकलव्य’,‘आँधी तुफान’लगायत फिल्ममा अभिनय गरिसकेका छन्। दर्शकमाझ छुट्टै पहिचान बनाएका अभिनेता राउत अब ‘बाकस’मार्फत पर्दामा देखिनेछन्।
यसअघि यो फिल्ममा महेश त्रिपाठी,विपना थापा,वर्षा राउत,भोलाराज सापकोटा,सुपला सापकोटा लगायतका कलाकार अनुबन्ध भइसकेका छन्।
सुजिता चौलागाईंको निर्माण रहने यो फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता छन्।

दीपक शर्मा र सनम पुरुष राईको संगीत रहने यो फिल्ममा गीत तथा शब्द रचना संगीतकार दीपक शर्मा र निर्देशक पन्तको रहने छ।
अर्को महिनाबाट छायांकनमा जाने यस फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ हुन भने द्वन्द्व निर्देशकमा किरण दाहाल छिन्।  प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने छन्।

प्रतिक्रिया