Bisal Chautari Logo

सरकारले कलाकारलाई दुई प्रकारले ग्रेडिङ गर्दै

- १२ भाद्र २०७१, बिहीबार १६:२३ मा प्रकाशित


The government are classified in two ways artists
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १२ बिहीबार । सञ्चार मन्त्री मीनेन्द रिजालको सक्रियतामा सरकारले कलाकारहरुलाई दुई प्रकारमा ग्रेडिङ गर्ने भएको छ । बिहिवार सिंहदरबारमा चलचित्रकर्मीहरुसंग छलफल गर्दै दुई स्तरमा कलाकारहरुको ग्रेडिङ गरी सरकारी परिचय पत्रको ब्यवस्था गर्ने बिषयमा मन्त्री रिजाल सहमत भएका हुन् । The government are classified in two ways artists
भएको मौखिक सहमति अनुसार सर्वप्रथम सरकारी खर्चमा हरेक कलाकारर एवं प्राविधिकहरुको जीवनीमा आधारित पुस्तक तयार गरिने छ । अनि सोही बमोजिम अतिबिशिष्ट र सामान्य गरी दुई प्रकारको परिचय पत्रको ब्यवस्ता गरिने छ । यो ब्यवस्थाका लागि सञ्चारमन्त्रालयका सह–सचिव कविराज खनालको संयोजकत्वमा एक कार्यदल गठन गरी एक हप्ता भित्रै काम सुरु गर्ने सहमति समेत भएको छ । चलचित्र निर्माता संघका अध्यछ राजकुमार राईको नेतृत्वमा अभिनेत्री करिश्मा मानन्धर, शिव श्रेष्ठ, निर्देशक अकाश अधिकारी, निर्माता सुनील कुमार थापा, बाबुराम दाहाल र सञ्चारकर्मी प्रकाश सुवेदीसंगको छलफल पश्चात कलाकारलाई सरकारी परिचय पत्र दिईने बिषयमा मन्त्री रिजाल सहमत भएका हुन् ।

प्रतिक्रिया