Bisal Chautari Logo

बहुमतीय सरकार गठन गर्न आह्वान

- २० माघ २०७०, सोमबार १६:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २० माघ ।
राष्ट्रपति रामबरण यादवले दहलहरुलाई बहुमतीय सरकार गठनका लागि आह्वान गरेका छन् । सहमतीय सरकार गठनको लागि दिइएको एक हप्ताको समय सकिएपछि अन्तरिम संविधानको धारा ३८ (२) अनुसार बहमतीय सरकारको लागि आह्वान गरिएको छ । संविधानसभाको चुनाउमार्फत तेस्रो र चौथो दल बनेका एकीकृत नेकपा माओवादी र राप्रपा नेपाल सरकारमा नजाने भनेपछि सहमतीय सरकार गठनको बाटो बन्द भएको हो । यद्यपी, संविधान निर्माणमा सहजता ल्याउान भन्दै ठूलो दल बनेको कांग्रेसले सरकार गठनका लागि दलहरुलाई औपचारिक पत्र पठाएका थिए ।
सरकार गठनका लागि एमालेले भने कांग्रेसलाई समर्थन गर्ने जनाएका छन् । तर, एमालेले संसदीय दलको नेता छान्न सकेको छैन । कांग्रेसले सुशीस कोइराला र एमाओवादीले प्रचण्डलाई नेता छानिसकेका छन् ।

प्रतिक्रिया