Bisal Chautari Logo

रेखा र नम्रता एउटै सिनेमामा देखिदै

- २३ माघ २०७०, बिहीबार १४:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २३ माघ ।
नेपाली चलचित्र क्षेत्रमा निकै टक्कर पुर्ण रुपमा अगाडी बढिरहेका अभिनेत्रीद्धय रेखा थापा र नम्रता श्रेष्ठ अब एउटै चलचित्रमा देखिने भएका छन् । मेघा निर्माण कम्पनी सवास्ता इन्टरटेनमेन्टले अभिनेत्री रेखा र नम्रतालाई एक साथ चलचित्रमा अभिनय गराउन लागेका हुन् ।

यस बन्न लागेको चलचित्रका निर्देशक सम्झना उप्रेतीका अनुसार यी दुई अभिनेत्रीको अपोजिटमा मनिषा कोइरालाका भाई, अभिनेता सिद्धार्थपनि चलचित्रमा रहने बताइएको छ । यस बन्न लागेको चलचित्रको रोचक कुरा चलचित्रमा आमाको रोलमा अभिनेत्रीहरु सन्नी रौनियार, निरुता सिंह र करिश्मा मानन्धर मध्ये कुनै एक अभिनेत्री छानिनेपनि बताइएको छ । अहिले सम्म चलचित्रको शीर्षक घोषणा नगरिएको र छिट्टै चलचित्रको नामपनि रिलिज गरिने बताइएको छ ।

प्रतिक्रिया