Bisal Chautari Logo

‘गोर्खा वारियर’को भब्य रेड कार्पेट प्रिमियरलाई मध्यनजर गर्दै लन्डन मेट्रोपोलिटन पुलिसले सुरक्षा दिने

- १८ भाद्र २०८०, सोमबार २१:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० भाद्र, १८ सोमवार ।
नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य रेड कार्पेट प्रिमियरको सुरक्षालाई मध्यनजर गर्दै लन्डन मेट्रोपोलिटन पुलिसले सुरक्षा दिने भएको छ । यस फिल्मका निर्देशक मिलन चाम्सले सामाजिक संञ्जाल फेसबुक माफर्त लेखेका छन्, ‘खुसीको कुरा, ‘गोर्खा वारियर’ प्रिमियरलाई लन्डन मेट्रोपोलिटन पुलिसले सुरक्षा दिने ।’

बेलायतकै सान मानिएको लन्डनको लिसेस्ट स्क्वायर ‘आईम्याक्स सिनेवल्र्ड’मा ‘गोर्खा वारियर’को भब्य प्रिमियरमा विशिष्ट ब्याक्तित्वहरुको आगमन हुदैछ । सन् २०२३ सेप्टेम्बर १० आईतबार ( २४ भदौ ) गरिने ‘गोर्खा वारियर’को भब्य रेड कार्पेट प्रिमियरमा लन्डनस्थित नेपाली राजदूत, बेलायती मन्त्री, सांसद, लर्ड्स, ब्रिटिस सेनाको उच्च पदस्थ पदाधिकारी, हलिउड स्टार, वितरक, ब्रिटिस गोर्खा सैनिक, तिनका परिवार र नेपाली दर्शकको उपस्थिति रहनेछ ।

‘गोर्खा वारियर’को चर्चा र चासो अन्तराष्ट्रिय स्तरमै भैरहेको छ । नेपाल र नेपाली सिनेमा क्षेत्रको लागी यो गर्विलो इतिहास बन्दैछ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि केहि दिन अगाडी फिल्म ‘गोर्खा वारिअर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएका थिए । त्यस्तै सो प्रिमियरमा बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने तय भएको छ ।

फिल्मले दोस्रो विश्वयुद्धको दौरान बेलायती सेनामा कार्यरत गोर्खा सैनिकले मलायामा लडेको युद्धको कथा पेश गर्छ । चलचित्र ‘गोर्खा वारियर’को अन्तराष्ट्रिय चर्चाहरु हेर्दा सबैभन्दा बढी बक्सअफिसमा रेकर्ड ब्रेक गर्ने सिनेमा बन्न सक्ने आंकलन चलचित्र क्षेत्रमा चल्न थालेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया