Bisal Chautari Logo

‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक, दयाहाङ र शिशिरको राजनीतिक लडाई

- ४ भाद्र २०८०, सोमबार १८:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० भाद्र, ४ सोमवार ।
भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो ।

राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको यो ट्रेलरले दर्शकको ध्यान खिच्ने पक्का छ । क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

फिल्मको ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देल विचको राजनीतिक लडाई देखाइएको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

यसअघि फिल्मको पोष्टर, टिजरले दर्शकको साथ पाइसकेको समयमा फिल्मको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता अझै बढाएको छ ।

प्रतिक्रिया