Bisal Chautari Logo

खोटाङमा सरकारी सेवालाई मानवअधिकारमुखी बनाउन गोष्ठी

- २५ जेष्ठ २०७१, आईतवार ०६:५९ मा प्रकाशित


khotang news
विशाल चौतारी सम्बाददाता
खोटाङ, २०७० जेठ २४ आइतवार । खोटाङमा सरकारी सेवालाई मानवअधिकारमुखी बनाउन मानव अधिकारमुखी विकास पद्धती विषयक कार्याशाला गोष्ठी गत शनिबार बाट शुरु भएको छ । सरकारी तथा वित्तीय कार्यालयबाट दिइने सेवा सुबिधालाई मानव अधिकारमुखी बनाउने उद्धेश्यले खोटाङमा ‘मानव अधिकारमुखी बिकास पद्धति’ विषयक कार्यशाला गोष्ठी शुरु गरिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका सबै सरकारी तथा वित्तीय कार्यालयका प्रमुखहरुलाई सहभागी गराएर दुई दिने ‘मानव अधिकारमुखी बिकास पद्धति’ विषयक कार्यशाला शुरु गरेको हो । कार्यालय प्रमुखहरुलाई कार्यालयबाट प्रदान गरिने सेवा तथा सुविधालाई मानव अधिकारुखी बनाउन उत्प्रेरित गर्नकालागि कार्यशालाको आयोजना गरिएको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताउनुभयो । कार्यालय प्रमुखहरुलाई मानव अधिकारमैत्री पद्धतिबाट सेवा प्रबाह गराउने उद्धेश्यले कार्यक्रम गरिएको आयोगले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा आयोजना गरिएको कार्यशालामा अदालत, जिल्ला बिकास समिति, शिक्षा, स्वास्थ्य, कृषि बिकास, जिल्ला प्रहरी, नेपाली सेना, बैंक अफ काठ्माण्डौं लगायतका कार्यालय प्रमुखहरुको सहभागीता रहेको छ । जिल्ला बिकास समितिको सभाहलमा आयोजना गरिएको कार्यशालमा आयोगका निर्देशक सुवर्ण कर्मचार्य र राष्ट्रिय महिला आयोगकी पुर्वसदस्य अमुदा श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।

ad

प्रतिक्रिया