Bisal Chautari Logo

राजेश पायल राई र रचना रिमालको ‘सेवारो’ गीत ट्रेन्डिङमा

- २४ भाद्र २०७९, शुक्रबार १२:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र २४ शुक्रबार ।
वरिष्ठ गायक राजेश पायल राई र पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको २ दिन अगाडी सार्वजनिक भएको ‘सेवारो हिङ्मन सुहाउने भो’ बोलको गीत युट्युवको ट्रेन्डिङमा आएको छ । पछिल्ला समय युट्युव सर्ट भिडियो र बिदेशी भिडियोहरु नेपालको ट्रेन्डिङमा छाइरहेको समयमा यो गीत २२ नम्बर म्युजिक क्याटागोरिको ट्रेन्डिङमा आएको हो । यो गीत रचनाको अफिसियल यूट्युब च्यानल रचना रिमाल मार्फत सार्वजनिक गरेकी छन् ।

बुधवार बिहान सार्वजनिक नेपाली र लिम्बु भाषाको समिश्रणमा तयार गीत हो । दिलदुःखी जन्तरेको रचना रहेको गीतमा मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन छ ।

रचना र राजेशपायलले गीतमा स्वर मात्र दिएका छैनन्, अभिनय पनि उनीहरूकै छ । अनित विष्टको निर्देशनमा तयार भिडियोमा उनीहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । ललितपुरको श्रीकाली चौरमा मिराज अर्यालले भिडियोको छायांकन गरेका हुन् भने सम्पादन पनि उनकै हो ।

Bisalchautari TV

प्रतिक्रिया