Bisal Chautari Logo

सासुको कुटाईबाट ज्वाईको मृत्यु

- १२ चैत्र २०७०, बुधबार ०६:२८ मा प्रकाशित


nepal news
तेजन खड्का
उर्लाबारी, १२ चैत ।
सासुले आफ्नै ज्वाईलाई पिरा र लौरोले हिर्काएर हत्या गरेकी छिन् । ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक माधव प्रसाद काफ्लेका अनुसार मोरङको ववियाविर्ता ३ बस्ने ५१ वर्षिय वसन्ती माझीले आफनै ज्वाई ववियाविर्ता ३ बस्ने ३३ वर्षिय खगेन्द्र माझीलाई पिरा र लौरोले हिर्काउदा मृत्यु भएको बताए ।
घरायसी विवाद भएपछी करिव ७ महिना देखी माईतीमा रहेकी श्रीमती सन्तोशी माझीलाई लिन गएका खगेन्द्र र सासु विच सोमवार विहान विवादका क्रममा सासुले ज्वाईलाई पिरा र लौरोले टाउकोमा हिर्काएकी थिईन । टाउकोमा गम्भीर चोट लागी रगताम्वे भएर घर फर्केका खगेन्द्रको मध्यरातमा मृत्यु भर्एको प्रहरी निरिक्षक काफ्लेले बताए । खगेन्द्रको मृत्यु भएपछी आज विहान घटनाको चाल पाएको प्रहरीले लगतै सासु वसन्तीलाई पक्राउ गरेको छ भने घटनाको अनुसन्धानका लागी मृतकको श्रीमती सन्तोशी माझी लाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । मृतकको २ छोरी र १ छोरा सन्तान रहेको छ ।

प्रतिक्रिया