Bisal Chautari Logo

‘तिमी हुन्छौ जहा जहा’को ट्रेलर रिलिज (भिडियो सहित)

- १७ जेष्ठ २०७५, बिहीबार ०५:०० मा प्रकाशित


timi hunchau jaha jaha trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ जेठ १७, बिहिबार । बी एण्ड बी फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्म ‘तिमी हुन्छौ जहाा जहाा’को ट्रेलर रिलिज गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य कलाकार मनिष सुन्दर श्रेष्ठ र मलिना जोशीलाई फोकस गरिएको छ ।
८ असारबाट प्रदर्शनमा आउने फिल्ममा मनिष र मलिनाको अलवा स्वरुप पुरुष ढकाल, तमन्नालगायतको मुख्य भूमिका रहेको छ । विकास बस्यालको लेखन तथा निर्देशन रहेको यो फिल्मको मदन दवाडी, दलबहादुर दवाडी, हरिप्रसाद अधिकारी निर्माता हुन् । विना कार्की सह–निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता प्रकाश बास्कोटा रहेका छन् ।
कविराज गहतराज र रेनशा वान्तवा राइको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, माधव घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन, भूपेन्ऽ अधिकारी र सालिक दुडालको सम्पादन रहेको फिल्मले प्रेममा आएको उतारचढाव देखाउने निर्देशक बस्याले बताए ।

प्रतिक्रिया