Bisal Chautari Logo

बाइक दुर्घटनामा परेका गायक हसन राई खतरामुक्त

- ८ कार्तिक २०८२, शुक्रबार १५:२८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ कार्तिक ७ शुक्रवार ।
गायक हसन राई बाइक दुर्घटनामा परेका छन् । अहिले उनको अवस्था खतरामुक्त रहेको छ । केहि दिन अगाडी खोटाङ सुनसरि एकता समाज धरानको देउसि भैलो कार्यक्रमका लागी गायन प्रस्तुती दिन गाइघाटबाट धरान जाने क्रममा चतरा अगाडीको पहीरो खसेको खोलामा बाइक दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेपछि तत्काल घोपा क्याम्पमा उपचार गरेर अहिले घरमै बेड रेस्टमा रहेका छन् । हसन दुर्घटनामा परेपछि धेरै कलाकारहरुले उनको स्वास्थ्य लाभका लागी प्राथना गरिरहेका छन् । दुर्घटनाबारे हसनले फेसबुमा लेखेका छन्,
ठूलो दसा टरेको अनुभुति गरेको छु!
नमस्ते,सेवा,हौवा सवैमा🙏
अस्ति बेलुका खोटाङ सुनसरी एकता समाजद्वारा आयोजित देऊसी भैली कार्यक्रम अन्तर्गत सांगितिक कार्यक्रममा गाइघाटबाट धरान जाने क्रममा चतरा अगाडीको पहीरो खसेको खोलामा जीसन राई भाईले चलाईरहेको ३९० सीसिको Duke बाइक अनियन्त्रीत हुनगई दुर्घटना हुनपुग्यो जसमा मेरो अनुहारको बाहिरी भाग र हात,खुट्टामा केही चोट लागेपनि यहाँहरु सम्पुर्णको माया,रआशिर्वादको कारण भित्री भाग भने पूर्णरूपमा सामान्य रहेको छ र सवारी चालक भाई पनि शकुसल रहेको यही स्टाटस मार्फत जानकारी गराऊन चाहेँ।यस जटील परिस्थितिमा मेरो लागी फोन कल साथै सामाजीक सनजाल मार्फत मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णप्रति एकमुष्ट हार्दिक आभार व्याक्त गर्न चाहेँ❤️।सवारी चलाऊदा बिशेष ख्याल गर्नुहोला🙏🙏🙏

गायक हसनको ‘आखैमा लाउनु पदैन’, ‘नायुमा त्यो बुट्टे झोली’ र ‘फसे मत’ बोलको गीतहरु चर्चामा रहेका छन् । हसन गायनसंगै अभिनयमा सकृय रहेका छन् ।

प्रतिक्रिया