Bisal Chautari Logo

चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम

- २५ भाद्र २०८३, बिहीबार २२:०५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र २५ बिहिवार।
निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशीत प्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को दोश्रो गीत ‘माया मान्छौ र..’ बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । आशिष अविरलको संगीत र मेलिना राईसँग युगल गायन अनि एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुरक्षा पन्त र मुकुन भुसाल फिचर छन् । मुस्ताङका रमणीय स्थलमा छायांकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन् । यसअघि सार्वजनीक शीर्ष गीत ‘ओइ ओइ चमेली’ ले दर्शकको मन जितिरहेको बेलामा दोश्रो गीत दर्शकमाझ ल्याइएको हो । पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको यही फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को ठूलो पर्दामा पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल,सुरक्षा पन्त,विल्सन बिक्रम राई,उमेश राई,रबिन्द्र झा,गणेश गौतम,प्रेमदेव गिरी,अंशु महर्जन,बविन राई,खड्गबहादुर पुन,रजनी गुरुङ,मिना आरएल शाही,रितु मल्ल ठकुरी,तारा शर्मा,सुनीता सापकोटा,बिशाल पाण्डे,श्रेया नारायण,धनलक्ष्मी बोहरा,अनुष्का नारायणलगायतको अभिनय छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन । उदय विक्रम राणा,रितु मल्ल कुँवर,सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा नारायण त्रिपाठी,यमप्रसाद ओली,सुदीप कुँवर र प्रदिपकुमार सापकोटा छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्धन्द्ध र बन्दे प्रसादको सम्पादन छ । केही समय अघि अमेरिकामा आयोजीत ‘चमेलीको पोइ’ को बिशेष प्रदर्शनीमा दर्शकले फिल्म निकै मन परेको प्रतिक्रिया दिएका थिए । निर्देशक बोहराले ‘चमेलीको पोइ’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै जीवनोपयोगी सन्देश पनि प्रस्तुत गरेको बताउछन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया