Bisal Chautari Logo

चलचित्र `दिमाग खराब’को टिकटक तथा यूट्यूब भिडियो च्यालेन्ज, विजयीलाई डेढ लाख र ५० हजार

- २६ आश्विन २०८०, शुक्रबार १३:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज २६ शुक्रवार।
 चलचित्र ‘दिमाग खराब´ को टिक टक प्रतियोगिता आयोजना गरिएको छ । निर्माण पक्षले ‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई क्रमशस् ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको हो । यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा प्रतियोगीहरुले #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB ह्यासट्यागको प्रयोग गर्नुपर्नेछ।

यसैगरी प्रतियोगीले आफूले बनाएको यूट्यूब भिडियोलाई [email protected] मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ भने टिकटक भिडियो भने दिइएको ह्यासट्याग प्रयोग गरेर प्रतियोगीले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नसक्नेछन् । उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्सको आगामी चलचित्रमा काम गर्ने अवसर प्रदान गरिनेछ । सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको व्यानरमा निर्माण भएको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।कार्तिक २४ गते फिल्म रिलिज हुँदै छ ।

प्रतिक्रिया