Bisal Chautari Logo

मनकामना मन्दिरमा पुजारीका छोराको यस्तो दादागिरी,भक्तजनहरु त्रसीत

- १८ पुष २०७४, मंगलवार १२:०३ मा प्रकाशित


Priyanka’s grandfather, devotees tragedy in Mankamana temple
विशाल चौतारी समाचार
गोरखा ,२०७४ पुस १८ मंगबार । प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिएको गोरखा जिल्लामा पर्ने मनकामना मन्दिरमा दर्शनार्थीलाई हुने गरेको दुर्व्यबहारका कारण यतीखेर भक्तजनहरु त्रसीत बन्न पुगेका छन् ।
मन्दिरका मुल पुजारीका छोरा निशान थापा मगरले पुजारीको पोशाक लगाएर दर्शनार्थीलाई अपशब्द बोल्ने, हातपात गर्न खोज्ने लगायतका दुर्व्यबहार गर्ने गरेको स्थानीयले बताएका छन् ।मन्दिरका मूख्य पूजारी इन्सान थापा मगर हुन् र उनीसँगै उनका तीन भाइ र अर्का एक भान्जा गरी जम्मा चार जना पुजारीको रुपमा काम गर्छन् । तर, इन्सानका छोरा निशान मगर पनि पुजारी हँु भन्दै पुजारीकै पोशाक लगाएर मन्दिर भित्र छिर्छन् किनकि उनलाई मूल पूजारी कै छोरा भएका कारण कुनै रोकतोक छैन ।
एकै छिन पूजा गर्न बसेजस्तो गरे पछी मन्दिरको ढोकामा आएर भक्तजनहरुलाई थर्काउने, गाली गर्ने त्यती मात्र नभई मन्दिरको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई समेत दुर्व्यबहार गर्ने जथाभावी बोली मानमर्दन अपमान गर्ने गरेको जसका कारण स्थानीयहरु समेत आजीद भएको बताउँछन् ।
स्थानीयहरु पुजारी पुत्रको यस्तो ब्यवहारले मन्दीरको श्रद्धाको लागी आउने भक्तजन चिढिन गई अनतत्व स्थानीय ब्यापारमा समेत आँच आउन सक्नेमा चिन्तित देखिन्छन ।

प्रतिक्रिया