Bisal Chautari Logo

सिनेमा प्रर्दशन नजिकिदा सौजन्य र भुपेन प्रेसमिटमै नजिकिए

- १४ बैशाख २०७१, आईतवार १५:५८ मा प्रकाशित


SAUJANYA-SUBBA-BHUPEN-CHAND-NEPALI-movie–MAYA-GARA-LA
काठमाडौं, १४ बैशाख । चलचित्र चल्न भन्दा अगाडी प्रचार प्रसारमा ध्यान दिएका चलचित्रहरु खासै फ्लप भएको घट्ना कमै रहेका छन् । तर प्रचार बिनै आएका चलचित्रहरु थाहै नपाई हलमा लागेर उत्रिएको पनि थाहा हुदैन । 
यस्तै गतिमा चलचित्र ‘माया गर ल’को पहिलो प्रेस मिट आइतवार मात्र भएको छ । आउँदो शुक्रबार वैशाख १९ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘माया गर ल’को कार्यक्रममा बोल्दै चलचित्रका निर्माता, निर्देशक एवं कलाकारले दर्शकलाई हलसम्म गएर फिल्म हेर्न विशेष अनुरोध गरे । 
कार्यक्रममा बोल्दै अभिनेत्री सौजन्य सुब्बाले हामीलाई जस्तै हाम्रो चलचित्रलाई पनि माया गरिदिन अनुरोध गरिन् । त्यस्तै अभिनेताद्धय मुकेश ढकाल र भूपेन चन्दले चलचित्रमा दर्शकलाई चाहिने मसला भरपूर रहेको बताउदै चलचित्रलाई हल सम्म गएर हेरीदिन आग्रह गरे । 
निर्माता रामकेशर बोगटीले भने चलचित्रबारे सकारात्मक सन्देश प्रवाह गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे । कार्यक्रममा चलचित्रको गीत तथा प्रोमो देखाइएको थियो । चलचित्र ‘माया गर ल’मा शिवम अधिकारीको लेखन, एलिस दलीको पाश्र्व संगीत एवं रोशन श्रेष्ठको दन्द्ध निर्देशन रहेको छ । चलचित्रका छायाँकार शम्भू सापकोटा हुन्, भने सौजन्य, भूपेन, मुकेश र ऋचा सहित चलचित्रमा निर्माता वोगटी स्वयम्, गोमा केसी, गोपाल नेपाल ‘फिस्टे’, रुपा खनाल, राम महर्जन, कृष्ण चौलागाइँ लगायतको भूमिका रहेको छ ।

ad

प्रतिक्रिया