Bisal Chautari Logo

संसद्को बैठमा सांसद आउदैन काता जान्छन्– सभामुख ओनसरी घर्ती

- २२ आश्विन २०७४, आईतवार ०६:०१ मा प्रकाशित


Parliament does not come to the seat of parliament
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २२ आइतबार । सांसदको बैठकमा सासंदहरुको गणपुरक संख्या नपुगेर संसद्को बैठक बारम्बार स्थगित हुने क्रम बढेपछि सभामुख ओनसरी घर्तीले विधेयकहरु पारित गराउन अनिवार्य उपस्थित हुनुपर्ने आदेश जारी गर्ने बताएकी छन्।
सामान्यतया प्रधानमन्त्री निर्वाचन, अविश्वास प्रस्ताव जस्ता महत्त्वपूर्ण मुद्दामा जारी गरिने ह्वीप सांसदहरु हाजिर गरेर जाने गरेपछि लगाउन लागिएको हो।
कार्यकाल अन्त्यतिर पुगेको संसद्मा अहिले पनि संविधान कार्यान्वयनका निम्ति अनिवार्य मानिएका सहित २० वटाभन्दा बढी विधेयक विचाराधीन छन्।
तर संसद् सचिवालयका अनुसार साउन महिनायता सांसदको न्यूनतम संख्या नपुगेर संसद्को बैठक ६ पटक स्थगति भएको छ।
शुक्रबार पनि संख्या नपुगेपछि बैठक आइतवार बस्ने गरी स्थगित गरिएको छ। संविधान कार्यान्वयनका लागि अति नै आवश्यक निर्वाचनसम्बन्धी विधेयकहरु पारित हुन बाँकी छन्। यसका लागि सासंदहरुलाई अब ह्वीप जारी गर्नुपर्छ।
अब त्यो स्थिति दोहोरिन नदिन ह्वीपको विकल्प रोज्ने निर्णयमा पुगेको सभामुख ओनसरी घर्ती बताउँछिन्।
उनले भनिन् “संविधान कार्यान्वयनका लागि अति नै आवश्यक निर्वाचनसम्बन्धी विधेयकहरु पारित हुन बाँकी छन्। ती विधेयकहरु पारित गर्न कोरम पुगिरहेको छैन। यसका लागि सासंदहरुलाई अब चाहिँ ह्वीप जारी गर्नुपर्छ।“
राष्ट्रपति र उपराष्ट्रपति तथा राष्ट्रियसभाको निर्वाचनसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक संसद्मा विचाराधीन छन्।
ती सहित पूर्व पदाधिकारी र प्रदेश प्रमुखको सेवा सुविधा एवं चिकित्सा शिक्षा लगायत २० भन्दा बढी विधेयकको टुंगो संसद्ले लगाउनुपर्ने छ।
शुक्रबार संसद्मा शुरुमा २९५ सासंद थिए। दोस्रो गणनामा त्यो संख्या १६५ मा र्झयो र निर्णय गर्ने बेला भने ११० जना मात्रै बाँकी रहे।
कुनै पनि निर्णय गर्न आवश्यक न्यूनतम संख्याभन्दा पनि कम सांसद भएपछि बैठक स्थगित गर्नुपरेको थियो।
बारम्बार दोहोरिरहेको त्यस्तो अवस्थाबारे एकजना सांसद राधेश्याम अघिकारीले भने, “अहिले दशैंको बिदापछि धेरै मानिसहरु आइपुगेकै छैनन्। अर्को चुनाव लागिसक्यो त्यसले गर्दा सासंदहरु राजनीतिक व्यस्तताका कारण आइरहेका छैनन्। जति आएका छन् उनीहरु पूरा समय बसिरहेका छैनन्।“ सांसदले बैठकको दिन भत्ता र यातायात खर्च गरी २ हजार रुपैयाँ पाउँछन्।
हाजिर गरी बैठक छाडेर जाने बढ्दो प्रवृत्तिप्रति तीव्र असन्तुष्टिहरु व्यक्त हुँदै आएका छन्। बीबीसी

 

प्रतिक्रिया