Bisal Chautari Logo

‘नागबेली’लाई प्रिमियरमा मनपराइयो |भोली देखी हलमा लाग्दै

- २६ असार २०७१, बिहीबार १५:२० मा प्रकाशित


nagbeli nepali movie premiere

ब्रेकर : ‘नागबेली’मा सहरदेखी गाउँ सम्मका युवा पुस्ताले भोग्दै आएको बेरोजगारीको कथालाई उतारीएको छ ।
चलचित्र हेरेर बाहिरिएका प्राय: सबै चलचित्रकर्मी तथा पत्रकारहरुले सिनेमा नेपालीपनको बनेको प्रतिकृया दिए ।

विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, असार २६, विहिबार । चलचित्र ‘नागबेली’को प्रिमियर गरिएको छ । आज बिहिबार बिहान ९ बजे कुमारीहल क्युएफएक्समा चलचित्र ‘नागबेली’को प्रिमियर गरिएको हो । nagbeli nepali movie premiere
भोलीबाट रिलिजमा आउन लागेको चलचित्र ‘नागबेली’लाई प्रिमियरमा चलचित्रकर्मी तथा पत्रकारहरुले राम्रो बनेको प्रतिकृया दिएका थिए । Harshika Shrestha and  surabhi jainलामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशकको रुपमा योगदान दिदै आएका गोविन्द राईले डेब्यु निर्देशन गरेको चलचित्र ‘नागबेली’ राम्रो बनेको अभिनेत्री करिष्मा मानन्धरले बताएकी छिन् । भनिन्–‘मलाई चलचित्रको मुख्य पक्ष कथा राम्रो लाग्यो । अनी कलाकारहरुको अभिनयपनि सशक्त रहेछ’, अभिनेत्री करिष्मा मानन्धरले बताइन् ।

लामो समय नेपाली चलचित्रको समिक्षा गर्दै आएका चलचित्र समिक्षक समाजका महा–सचिव दिपेन्द्र लामाको स्कृप्ट रहेको चलचित्र ‘नागबेली’मा सहरदेखी गाउँ सम्मका युवा पुस्ताले भोग्दै आएको बेरोजगारीको कथालाई उतारीएको छ । प्रिमियिर शोमा सिनेमा हेरेर निश्किएका चलचित्रकर्मी तथा पत्रकारहरुले अभिनेता दयाहाङ राई, समिक्षक दिपेन्द्र लामा, निर्देशक गोविन्द राई, अभिनेत्री हर्षिका श्रेष्ठ, सुरवी जैन लगायतलाई सिनेमा राम्रो बनेको उपलक्ष्यमा बधाइ दिइरहेका थिए ।
चलचित्र हेरेर बाहिरिएका प्राय: सबै चलचित्रकर्मी तथा पत्रकारहरुले सिनेमा नेपालीपनको बनेको प्रतिकृया दिए । रोमियन लिम्बुको लगानीमा बनेको चलचित्र ‘नागबेली’मा दयाहाङ राई, निर शाह, हर्षिका श्रेष्ठ, बिक्की मल्ल, सुरवी जैन, सम्भव श्रेष्ठ, यशराज गरच, अशोक फुयाल, रुपा राना, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ ।

nagbeli nepali movie premiere Dipendra Lama
Script: Dipendra Lama
Artist: Dayahang Rai, S Raj Garach, Vicky Malla, Harshika Shrestha, surabhi jain, Sambav Shrestha, Luniva Tuladhar(Karki)
DIRECTOR: GOBIND RAI
PRODUCER: ROMIYAN LIMBU
CENEMATOGRAPHY: RAMSHARAN UPRETY
EDITOR: BIPIN MALLA/SURAJ SHRESTHA
ACTION: ROSHAN SHRESTHA
CHOREOGRAPHY: KAMAL RAI / GOBIND RAI
STORY: DIPENDRA LAMA

 

प्रतिक्रिया