Bisal Chautari Logo

संविधान संशोधन प्रस्ताव मतदानमा

- १६ श्रावण २०७४, सोमबार ०८:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १६ सोमबार । संविधान संशोधन विधेयकलाइ निर्णयार्थ पेस गर्ने तयारी भएको छ । संविधान संशोधनको माग गर्दै आन्दोलनमा गएको राजपाको स्पष्ट धारण नआएकाले संशोधन प्रक्रिया रोकिएको थियो ।matadan
राजपाका नेताहरू महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा जे भए पनि निर्वाचन जानुपर्ने अडानमा छन् । भने राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन विधेयक पास हुने ग्यारेन्टी नभएसम्म संसद्मा निर्णयार्थ पेस गर्न नहुने पक्षमा छन् ।
संयोजक महन्थ ठाकुर भने कतै खुल्न सकेका छैनन् ।संशोधनको पक्षमा दुई तिहाइ पुर्‍याउने कोसिस भइरहेको माओवादी नेता वर्षमान पुनले जानकारी दिएका छन् ।तर राप्रपाले सरकारमा पनि नजाने र संशोधनमा मतदान पनि नगर्ने भएकाले पास हुने सम्भावना छैन ।
‘संशोधन प्रस्तावलाई टुंगो लगाउने निष्कर्षमा पुगिसकेका छौं, राजपाले परिणाम स्वीकार्न तयार हुनुपर्छ । प्रस्ताव फेल वा पास जे भए पनि राजपाले मान्नुपर्छ,’ माओवादी नेता पुनले हिजो राजधानीको एउटा कार्यक्रममा भने, खबर तरुणमा उल्लेख छ ।
एमालेले संविधान संशोधनमा अतिवादी चिन्तन त्याग्नुपर्ने भन्दै पुनले भने– ‘संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो, यसबाट एमाले मुक्त हुनुपर्छ, एमाले र मधेसवादी दलहरू नदीका दुई किनारा भएका छन् ।उनीहरूलाई मिलाउनका लागि नै कांग्रेस र माओवादी केन्ऽको मध्यमार्गी गठबन्धन बनेको हो ।’ भरतपुर वडा नम्बर १९ मा पुन मतादान गर्ने, सर्वोच्चको फैसला

प्रतिक्रिया