Bisal Chautari Logo

शुक्रवार साप्ताहिकमा प्रकाशित विशाल राई ‘हसिन’ को गजल

- १६ बैशाख २०७०, सोमबार ११:४३ मा प्रकाशित


विशाल राई ‘हसिन’

शुक्रवार साप्ताहिकमा प्रकाशित गजल
म मर्न लाग्दा पानी पिलाईदिनेको साथ खोजिरहेछु
मलाई सास फेर्न गाह्रो पर्दा साथ दिनेको हात खोजिरहेछु

यो झुटो, कपटि संसारमा रगत सबको रातो भएपनि
म मर्दा झुटो आँसु नझार्ने त्यस्तो केटिको जात खोजिरहेछु

यस्तो लाग्छ माया शब्दमा मात्रै सिमित छ कि के हो भनेर
त्यसैले बाध्यता बुझि साथ दिने र लिनेको बात खोजिरहेछु

उनि अश्वस्थ परेकी बेला म उनकै स्याहार गरेको सपना देख्छु
म अश्वस्थ परेको बेला उनले बनाएको भात खोजिरहेछु

यो परिवर्तित संसारमा धेरै किसिमको रात हुन्छन् रे
तर म मेरो भावनामा विस्वास गर्नेको मात खोजिरहेछु

प्रतिक्रिया