Bisal Chautari Logo

अहिले टाढा रहने गरेकी छु

- २१ बैशाख २०७०, शनिबार ०३:५९ मा प्रकाशित


अहिले टाढा रहने गरेकी छु

– साहिमा श्रेष्ठ, गायिका     प्रस्तुति :– विशाल राई
काठमाडौं स् ०६६ को खोजी प्रतिभा रियालिटी सोमार्फत म नेपाली सांगीतिक क्षेत्रमा भित्रिएकी हँ । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रममा सहभागीका क्रममा मैले फ्यानहरूको आभाष गर्न पाएँ । त्यतिबेलादेखि नै फ्यानको महत्त्व मैले बुझिसकेकी थिएँ । सांगीतिक यात्रा सुरुका समयदेखि आजसम्म आउँदा मैले पाएका फ्यानभने सबै एकै किसिमका छैनन् । कतिपय फ्यान मलाई सम्मान गर्दै मेरो सकारात्मक काममा समेत सहयोग गर्छन् भने कोही चाहिँ दिन–रात विभिन्न किसिमले सताउँछन् । समग्रमा भन्नुपर्दा मेरा धेरै फ्यान सकारात्मक सोच भएकाहरू नै छन् ।
म केटी भएकीले होला सायद, महिला फ्यानका तुलनामा पुरुष फ्यान नै बढी छन् । फ्यानसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर महोत्वस र विभिन्न स्टेज कार्यक्रम नै हो । करिब ३ दर्जन बढी कार्यक्रममा मैले सांगीतिक प्रस्तुति प्रस्तुत गरेकी छु । यी सबैमा फ्यानले मलाई उत्तिकै माया दिएका छन् । हौसला प्रदान गरेका छन् । यसकारण पनि मेरो सांगीतिक क्षेत्रमा निरन्तरता छ । अझ भन्नुपर्दा मलाई सांगीतिक क्षेत्रमा डोर्‍याउने काम मेरा फ्यानले गरेका छन् ।
खोजी प्रतिभाकै क्रममा जन्मस्थान बुटवलमा आयोजना भएको बुटवल महोत्सवमा गरेको स्टेजमा पर्फमेन्स मेरो पहिलो हो । यसअघिसम्म म आफूलाई साधारण ठान्थे । त्यो कार्यक्रम पछि मात्र थाहा भयो– म त पब्लिक फिगर पनि भएकी रहेछु भन्ने । करिब ५र६ हजार दर्शकमाझ गीत प्रस्तुत गर्न पाउँदाको त्यो क्षण जीवनमा कहिल्यै बिर्सिन्न होला । त्यो महोत्सवमा दर्शकले दिएका वान्स मोर–वान्स मोरका हुटिङ अहिले पनि ताजा रूपमा कानमा गुन्जिने गर्छ । कोही–कोहीले त भेटेपछि किस गर्नेलगायत नकारात्मक क्रियाकलाप देखाउने गर्छन् भन्ने सुनेकाले उनीहरूसँग प्रत्यक्ष भेट्ने गरेकी छैन । क्रेजी भएर फ्यान अगाडि नै गरेका कारण त्यस्ता फ्यानदेखि टाढै बस्ने गरेकी छु ।
बाग्लुङ महोत्सवमा मेरो पर्फमेन्समा त त्यहाँका डिएसपी कृष्ण सर खुलेरै नाच्नुभयो । कार्यक्रमको अन्तिमतिर मेरो प्रस्तुति भएकाले दर्शक नहोलान् भन्ने सोचेकी थिएँ तर डिएसपी कृष्ण सर र उद्योग वाणिज्य महासंघ बाग्लुङ शाखाका अध्यक्ष वसन्त श्रेष्ठ स्टेजमै उक्लिएर गीतको तालमा नाच्न थालेपछि कार्यक्रम अवधि एक घन्टा थपिएको पत्तै भएन ।
फ्यानसँग नजिक हुने मेरो अर्को माध्यम हो फेसबुक ।  म अनलाइन हुनेबित्तिकै फ्यानका म्यासेज यति ओइरिन्छन् कि फेसबुक ह्याङ होला जस्तो लाग्छ । तीमध्ये एकको रिप्लाई पठाउनतिर लाग्यो भने त अन्यसँग च्याट गर्न भ्याइँदैन । फ्यानसँग कुरा गर्ने समय अहिले रातको ९ बजेदेखि १० बजेसम्म छुट्याएकी छु । फ्यानका फ्रेन्ड रिक्वेस्ट मेरो प्रोफाइलमा अटाउन सकिरहेका छैनन् । फ्यानका लागि फ्यान पेज पनि तयार पारेकी छु । यसबाट पनि मलाई नजिकबाट नियाल्न सकिन्छ । फ्यानका फेसबुक म्यासेज विभिन्न प्रकारका हुन्छन् । कतिपय प्रेम प्रस्ताव राख्दै संसारका सबै खुसी दिलाउने कुरा लेख्छन् त कतिपय सेक्स गर्नेजस्ता घृणित प्रस्ताव राख्छन् । त्यस्ता फ्यानलाई म सिधै फ्रेन्डलिस्टबाटै हटाइदिन्छु । सम्मान गरेर मेरो गीतका कमेन्ट गर्ने फ्यानलाई म सधैँ सम्मान गर्छु ।
मेरा अनगिन्ती फ्यानमध्ये पाल्पाका कृष्ण भट्टराई नजिकका फ्यान हुन् । उनले मेरो न्युज, मेरो गीत आफ्नो फेसबुकमा सेयर गर्ने गरेका छन् । उनलाई अचेल म आफ्नो केही समय दिन्छु । उनी र म निकै नजिकिएका पनि छाँ । अहिले उनी मेरो बेस्ट फ्रन्ड नै भएका छन् । उनी मात्र होइन, मलाई सकारात्मक ‘भ्यु’बाट हेर्ने जो–कोही मेरा बेस्टफ्रेन्ड हुन् ।
प्रस्तुति :– विशाल राई
http://www.souryadaily.com/2013/05/69454.html

प्रतिक्रिया