Bisal Chautari Logo

रुखमा बसेर गित गाउनको कारण स्टेजमा गाएजस्तो लाग्थ्यो

- ३१ बैशाख २०७०, मंगलवार ०६:५१ मा प्रकाशित


रेवत राई – गायक

‘रियालिटि सोहरुमा आयोजकले प्रायोजक नपाएर भोटिङको नाममा पैसा खोन काम गर्छन् ।’

विशाल राई
काठमाडौ । साङ्गितिक क्षेत्रलाई पछिल्लो समयमा रियालिटिसोका उत्पादनहरुले निक्कै मद्धत पुर्‍याएको छ । र साङ्गितिक क्षेत्रलाई रियालिटिसोका कलाकाहरुले  व्यावसायसायिकता धानेकापनि छन् । त्यस्तै पछिल्लो समय रियालिटिसो बाटै चर्चामा रहेका गायक रेवत राई साङ्गितिक कार्यक्रहरुमै व्यास्त रहेका छन् ।
एउटा तितो यथार्त, नेपालि रियालिटिसोमा सहभागि भएका कलाकारहरु प्रथम हुनेहरुको संख्यामा टप ५ भित्रका कलाकाहरु अगाडि देखिन्छन् । गायक रेवत राईपनि रियालिटिसो खोजिप्रतिभाको फाइनल चरणका उत्पादन हुन् । उनि खोजिप्रतिभाको सिजन २ मा चौथो स्थान हासिल गरेका थिए । त्यस्तै उनले पहिलो खोटाङ तारा प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए । यस संगै गायक राईले नेपालि तारा, साउथ एसियन स्टार, सिङ्गिङ स्टार, म्युजिक आईकन, इमेज च्यानलद्धरा प्रसारित युगल गायन प्रतियोगितामा टप ४ र खोटाङ जागरण साङगितिक प्रतियोगिताहरुमा सहभागि गरेका थिए ।
साङ्गितिक क्षेत्रमा २०६१ सालदेखि हात हालेका गायक राईले गायन सुरुवाति गर्दाताकाको क्षण निकै कस्टकर रहेको बताए । तरपनि पछिल्लो समयमा दुखसंगै व्यावसायिकता तिर संगित ढल्कदै गएकाले राम्रै भईरहेको बताए । गायक राई यस संगै इलाहाबाद सास्त्रिय संगितको पाचौ वर्षमा अध्ययनरत तथा नेपाल ललितकला क्याम्पसमा व्याचलर अध्ययनरत रहेका छन् ।
गायक राइको बाल्यकाल चाहि खोटाङ जिल्लाको दोर्पा गाविसमा भएको हो । सानैदेखि गितहरु गाउन खोज्ने किसिमको स्वभाव रहेका राई साना–साना रुखमाथि बसेर गाउने गरेको बताए । रुखमाथि बसेर गित गाउनको कारण चाहि   स्टेजबाट गित गाएजस्तै लाग्ने भएकाले रुखमाथि बसेर गितहरु गाउने गरेको गायक राईले बताए ।  कक्षा ६ मा अध्ययन गर्दागर्दै उनले स्कुलको गायक प्रतियोगितामा प्रथम भएका थिए । त्यहि प्रतियोगिता नै गायक राईको पहिलो प्रतियोगिता रहेको बताए । भने –‘सोहि प्रतियोगितालाई सम्वोधन गर्दा आफुले शिक्षकलाईपनि शिक्षक साथिहरु भनेर सम्वोधन गरेको थिए ।’
खोटाङ जिल्लामा हुने साङ्गितिक कार्यक्रमहरुमा उनि सधै पहिलो हुने गरेको सुनाउछन् । उनले जिल्लामै हुदा राष्ट्रिय लेभलका कलाकाहरुसंग गित गाएका थिए । एक किसिमले भन्ने हो भने गायक राई मोफसलमै बसेरपनि रुचाइएका कलाकार थिए । जिल्लामा हुने प्राय साङ्गितिक कार्यक्राहरुमा स्थानिय कलाकारको रुपमा आफुलाई स्थान दिने गरेको राईले बताए ।
पछिल्लो समयमा मोफसलमा बसेर औपचारीक संगितको शिक्षा नलिइ अगाडि बढन् नसक्ने ठानेर २०६१ सालमा इन्टर पास गरेर काठमाडौ भित्रिएको गायक रेवत राईले बताए । काठमाडौमा आएर सुम्निमा कल्चरमा म्युजिकको औपचारिक शिक्षा गुरु मण्डल साङपाङबाट लिन थालेको बताए । त्यस बेलाको तितो अनुवभ गायक राईले यसरी सुनाए । ‘विहानको म्युजिक क्लास भएकाले खान केहि पाईदैन थियो । त्यहि बेला मलाई जण्डिसपनि भएको थियो । म धेरै समयसम्म विमारि परेपनि मैले सकि नसकि म्युजिक क्लास लिईरहे ।’
उनि रियालिटि सोबाट साङ्गितिक क्षेत्रमा आएका हुन् । रियालिटि सो गराउनेहरुलाई आरो लाग्ने गरेको छ, कि आयोजकले पैसा खाएर रियालिटि सोमा सहभागि गराउछ भनेर । तर गायक राईको यो भनाईप्रति सहमत छैनन् ।आयोजकले पैसा खाएपनि भोटिङ सिस्टमबाट खाने गरेको बताए । भने –‘रियालिटि सोहरुमा आयोजकले प्रायोजक नपाएर भोटिङको नाममा पैसा खोन काम गर्छन् ।’
साङ्गितिक क्षेत्रमा जनजाति कलाकाहरुलाई मिडियामा गाह्रो रहेको बताए । उचित स्थान नदिएको बताउदै राईले भने पछिल्लो समयमा आएका पत्रकारहरुका कारणलेपनि हामि जस्ता जनजाति कलाकारहरुका लागि सजिलो भएको छ । उनको विचारमा पछिल्लो समयमा जनजाति कलाकाहरुकै बाहुल्य रहेकालेपनि समाचारकै लागि भएपनि जनजाति कलाकाहरुको पछाडि लाग्न परेको बताए ।
गायक राईले आफ्नो पहिलो एल्वम निकाल्नमा लागि परिरहेको छन् । उनले करिव एक जर्दन भन्दा बढि कलेक्सन एल्वमहरुमा स्वर दिएका छन् भने विभिन्न नेपालका कान्र्सटहरुमापनि व्यास्त रहेका छन् । भन्छन्– केहि समयपछि हङकङ र कोरियाको कार्यक्रमका लागि निस्कदै छु । उनको आउन लागेको एल्वमको नाम भने जुरीसकेको छैन ।
हिमगाथा साप्ताहिकमा प्रकाशित समाचार

प्रतिक्रिया