Bisal Chautari Logo

नेपालि संगितमा रुपक राईको चर्चा बजारमा

- १६ असार २०७०, आईतवार १४:५९ मा प्रकाशित


असार, १६ काठमाडौ । पछिल्लो समयमा नेपालि संगितमा एल्वम ल्याउनेहरुको एक किसिमको लहर नै चलेको छ । त्यहि क्रममा नव गायक रुपक राई नेपालि गित संगितका पारखिहरु माझ आफ्नो पहिलो एल्वम चर्चा लिएर बजारमा आएका छन् ।
लामो समय संगितमा लागेर अनुभव संगालेर एल्वम ल्याएको गायक रुपक राईले बताए । हिल्टोन म्युजिक प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको एल्वममा पछिल्लो समय गुन्द्रुक किनामा गायक रुपकुमार राईले संगित दिएका छन् । पछिल्लो पुस्ताहरुमा केहि सम्भावना देखेर रुपक राईको एल्वमका गितहरुलाई आफुले संगित भरिदिएको एल्वमका संगितकार रुपकुमार राईले विशाल चौतारी डटकमलाई बताए । चार गित समावेश गरिएको एल्वममा अञ्जुलिमा दिएर, साचो माया, तिमिसंगै यो पानिमा र सम्झे भाईटिकालाई बोलको गितहरु समावेश गरिएको छ । एल्वममा भुपाल राई, विश्वकाजि राई, राम थापा अविरल र इश्वर चाम्लिङको शब्द रहेको छ । 

प्रतिक्रिया