Bisal Chautari Logo

खोटाङमा पहिलोपल्ट कृषि बाली बिज्ञान बिषयको कक्षा

- २४ असार २०७०, सोमबार ०५:२४ मा प्रकाशित


असार – २१, खोटाङ । खोटाङमा पहिलोपल्ट बाली बिज्ञान बिषयको कक्षा उद्घाटन गरिएको छ । प्राबिधिक तथा व्यवसायीक धार अन्तरगत सदरमुकाम दिक्तेलस्थित पञ्च माबिमा कृषि बिषयमा बाली बिज्ञानको कक्षा बिहिबार उद्घाटन गरिएको हो । जिल्लामै पहिलोपल्ट पठन पाठन शुरु भएको बाली बिज्ञान कक्षा जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले उद्घाटन गर्नु भएको हो ।
नेपाल सरकारको अनुमतीमा विद्यालयले यस शैक्षिक सत्रदेखि कक्षा–९ देखि बाली बिज्ञान बिषयमा पठन पाठन शुरु गरेको शिक्षक कृष्णप्रसाद आचार्यले बताउनु भयो । यस वर्ष कक्षा ९ बाट शुरु गरिएको बाली बिज्ञान बिषय क्रमशः कक्षा १२ सम्म अध्यापन गराईने विद्यालयले जनाएको छ । बाली बिज्ञान बिषयमा अध्यापन गर्न अनुमति पाउने मुलुकभरका एक सय बिद्यालयमध्ये खोटाङको पञ्च माबि पनि एक हो ।

४८ जनालाई पढाउने अनुमति पाएको बिद्यालयमा हाल ३० जना विद्यार्थीले बाली बिज्ञान बिषयमा अध्यायन गरिरहेका छन् । एसएलसि उत्तिर्ण गरेपछि फिर्ता दिने गरी पाँच हजार धरौटी लिएर विद्यार्थी भर्ना गरिएको शिक्षक रत्न चौलागाईले बताउनु भयो ।

यसैबीच, सामुदायीक बन उपभोक्ता महासंघ खोटाङले पञ्च माबिका ६ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । महासंघले विद्यालयका कक्षा ८ देखि १० सम्मका ६ विद्यार्थीलाई प्रतिव्यक्ती नौ सयका दरले छात्रबृत्ति प्रदान गरेको हो । हाम्रो खोटाङ साभार

प्रतिक्रिया