Bisal Chautari Logo

नियन्त्रीत लागू औषध सहित थापाथलिमा लामा पक्राउ

- २८ असार २०७०, शुक्रबार १७:११ मा प्रकाशित


असार २८ काठमाडौ । लागू औषध नियन्त्रण व्यूरो नयाबानेश्वरबाट लागु औसध सहित पक्राउ गरेको छ ।  असार २६ गते खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला हेटौडा नगरपालिका –४ घर बताउने ३४ बर्षीय राज लामा तामाङलाई नियन्त्रीत लागू औषध बुप्रेनर्फिन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल सहित काठमाडौ महानगरपालिका–११ थापाथली स्थित प्रसुतीगृह जाने सार्वजनिक सडक किनाराबाट पक्राउ गरेको छ । 
सोही कार्यालयबाट असार २५ गते खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्ला तौथली–९ गैरीगाउ घर भई काडाघारी बस्ने ६३ बर्षीय गम्भीरमान श्रेष्ठ र निजको ५८ बर्षीया श्रमिती गौरीमाया श्रेष्ठलाई नियन्त्रीत लागू औषध बुप्रेनर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल , नगद ५० हजार रुपैया र मोवाइल २ थान सहित पेप्सीकोला टाउनप्लानिङ सनराईज बैंक अगाडीबाट पक्राउ गरेको छ । यसैगरी असार २४ गते खटिएको प्रहरी टोलीले तिलगंगा घर बताउने २५ बर्षीय विजय देउलालाई नियन्त्रीत लागू औषध बुप्रेनर्फिन ९ एम्पुल र डाइजेपाम ९ एम्पुल र फेनारगन २१ एम्पुल सहित तिलगंगा अस्पतालत जाने सार्वजनिक सडक किनाराबाट पक्राउ गरेको छ । विसि डटकम

प्रतिक्रिया