Bisal Chautari Logo

विजय हितानको थकित पृथिवी बजारमा

- २६ श्रावण २०७०, शनिबार ०३:५९ मा प्रकाशित


काठमाडौ ।
कथाकार विजय हितानको थकित पृथिवी कथा संग्रह बजारमा आएको छ । शुक्रवार काडमाडौमा एक कार्यक्रमको विच कथा संग्रहको विमोचन भएको थियो । थकित पृथिवी कथा संग्रहलाई कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार बैरागि काईलाले विमोचन गरेका थिए ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजनामा भएको विमोचन समारोहमा कथाको समिक्षात्मक टिप्पणि गर्दै कार्यक्रमका प्रमुख अतिथि काईलाले कथा एकदमै राम्रो भएको र कथाको शैलेपनि उत्कृष्ठ रहेको बताए । त्यस्तै समालेचिका मोमिलाले पछिल्लो समयमा पृथिवी मात्र थकित हाईन, हाम्रो नेपाल आमापनि थकित भएको र यो कथा संग्रहमा ति कुराहरु समेटिएको बताईन् । विमोचन समारोहमा गजलकार बुद्ध राना, डा. गोविन्दराज भट्टराई लगायतलेपनि बोलेका थिए । कथालाई साहित्यकार शशि लुमुम्बुले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया