Bisal Chautari Logo

अझै स्कुलमै किन कुटिन्छन् बालबालिकाहरु ?

- २६ श्रावण २०७०, शनिबार १३:१९ मा प्रकाशित


रीता लामा
दाङ, साउन । 

घोराहीको एक निजि विद्यालयमा अध्ययन गर्ने ८ वर्षेय बालक  केशव चौधरी गत साता शिक्षकवाट  अनुहार सुन्निने गरि कुटिए । कक्षा २ मा अध्ययनरत उनलाई राम्रो होमवर्क नगरेको भनेर यातना दिइयो ।  ८ जना विद्यार्थी मार्फत गालामा ४० झापड हान्न शिक्षकले लगाएका ति बालकका बुवा केशव चौधरीले वताए । ‘घर आउदासम्म छोरो कापिारहेको थियो’उनले भने ‘अनुहार पुरै सुनिएको थियो ।’ त्यसै गरेर बाघमारे गाविस २ का सरकारी विद्यालय कक्षा पाचमा अध्ययनरत बालक(पुर्णबहादुर विक) पनि शिक्षकवाट बेस्सरी कुटिए ।  प्रश्नको जवाफ सहि नदिएको भनेर शिक्षकले  टाउककोमा हिर्काउदा कानमा  उनको गहिरो चोट नै लाग्यो । उनलाई अस्पतालमा  भर्ना  गर्नु परेको थियो ।  यि त जिल्लामा बाहिर आएका घटनामात्र हुन । होमवर्क नगरेको, हल्ला गरेको वा अनुशाशित नबनेको भनेर निजि वा सरकारी विद्यालयका  शिक्षकवाट दैनिक बालबालिका –विद्यार्थी) कुटिने गरेका छन् ।  आफना बालबालिका कुटेको प्रति अधिकास अभिभावक अनविज्ञे समेत हुने गरेका छन् । खाना पनि नखाने, कानपनि नसुन्ने, रुने मात्रै गर्न थाल्यो, अस्पताल ल्याएपछि मात्रै थाहाा भयो । उसको दाहिने कानमा गम्भिर चोट लागेको रहेछ’ ’ बालक पुर्ण विकका दाजु दुवाराम विकले गोरक्षसाग भने  । बालबच्चाहरुको लागि घर पछिको सुरक्षित स्थान विद्यालय भनेपनि ति क्षेत्रमै अचेत हुने गरि बालबालिका कुटिने गरेका छन ।   शिक्षा र सुरक्षा पाउने आशामा अभिभावकले बालबालिका विद्यालय भर्ना गरेका हुन्छन । तर, त्यही विद्यालय नै बालबच्चाको लागि सुरक्षित बन्न सकेका छैनन’ अभिभावक विकले भने ।
 यहााको शिक्षणगर्ने कलामा परिवर्तन आउन  नसकेको कारण शिक्षकवाट विद्यार्थी कुटिने गरेका  हुन । सरकारले बालबालिकाको पठनपाठनमा पनि बालमैत्रिको अवधारणा अगाडी सारेको छ । तर बालबालि भने प्रत्येक दिन दिन विद्यालयमा कुटिने गरेका छन् । विद्यालयमा बालबच्चाको मन, भावना जितेर पढाउनुको साटो कुटेर पढाउने शिक्षक अक्षम  भएको ठहर गर्छन शिक्षा अधिकारी जीतबहादुर शाह ।  –‘फरक मत, विचार राख्यो भन्दैमा उनीहरुलाई शारिरीक यातनादिनु असक्षमता हो,’ उनले भने–‘असक्षम शिक्षकहरु नै बालबच्चाको भावना र समस्या नबुझ्ने  गरेका हुन ।’ शिक्षा कार्यालयले विद्यालयमा लौरो विनाशिक्षणगर्ने भन्ने निर्देशन दिएपनि त्यो अझै पुर्ण रुपमा लागु हुन भने सकेको छैन । ‘कक्षा कोठामा लौरो चलाउने क्रम घटेको होला,’शिक्षा अधिकारी शाहले भने–‘तर हातचलाउने क्रमअझै घटेको छैन ।’ व्यक्तिको मानविय स्वभावको कारणपनि कक्षाकोठामा बालबालिका कुटिने गरेको उनले बताए । समुदायिक विद्यालयहरुका शिक्षकलाई शिक्षा कार्यालयले बालबालिकाको भावनाजितेर पढाउन भनेर तालिम समेत दिने गरेको छ । तर, अधिकासं शिक्षकमा त्यसको व्यवहारत कार्यान्वयन भने भै नसकेको शिक्षा कार्यालयले जनाएको छ । बालबालिका कुट्ने शिक्षकलाई  पदोनन्ती रोक्नसम्म सक्ने शिक्षा अधिकारी शाहले वताए । कुटेर पिटेर तह लगाउन खोज्नु गलत भएको  शिक्षा अधिकारी शाहले यातनादिएर सिकाइएका बालबालिका जिन्दगीप्रतिनिरास वा आक्रमक हुने जनाए । विद्यालयमा बालबालिका कुटिने  नराम्रो भएको अधिकारक्रमी विकिरण गौतमको भनाइ छ । परम्परागत शिक्षण प्रणाली र बालबालिकाप्रति सम्मान गर्न नजान्ने गलत मनोभावना भएका शिक्षकहरुवाट बालबालिका कुटिने गरेको बताए । ‘गालीगलौच, दुव्र्यवहार अक्षम्य छ ’ उनले भने–‘दण्डरहितशिक्षा अहिलेको आवश्यकता हो ।’दुव्यवहार पुर्ण शिक्षण क्रियाकलापले राम्रो विद्यार्थी उत्पादन हुन नसक्ने उनको बुझाइ छ ।  बालबालिकालाई बालकेन्द्रित विधिबाट पढाउनु पर्छ ’ उने भने–‘अभिभावक, विद्यालय प्रशासन र अन्य सरोकारवाल पनि यसमा गम्भिर बन्नु पर्छ ।’

प्रतिक्रिया