Bisal Chautari Logo

पहिरोबाट दुई परिवारका तिन–तिन र एक वालिका गरि सातको मृत्यु

- २९ श्रावण २०७०, मंगलवार १५:२३ मा प्रकाशित


२९, साउन रामेछाप ।
खिम्ती–४ सिवालय भन्ने स्थानमा अविरल बर्षाले आज ०४:०० बजे माथिबाट पहिरो आई ९ वटा घर टहरा बगाउदा ७ जनाको मृत्यु भएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ खटिएको उद्धार टोलीले ५५ बर्षीय भिमबहादुर तामाङ, निजको ४५ बर्षीया श्रीमती बाटुली तामाङ, निजको ७५ बर्षीया आमा बुद्धिमाया तामाङ , सोही ठााउ बस्ने ५५ बर्षीय मिठु थापा, निजको २३ बर्षीया छोरी स्वस्थानी थापा, १३ बर्षीय छोरा केदार थापाको र १३ बर्षीया सीता सुनुवारको लास फेला पारेको थियो ।

घटनामा भिमबहादुर तामाङको छोरीहरु १४ बर्षीया आईमाला तामाङ, १० बर्षीया माईमाला तामाङ, १० बर्षीय छोरा हिम बहादुर तामाङ सहित ४ जना महिला र २ जना पुरुषलाई घाइते अवस्थामा उद्धार गरी उपचारको लागि किर्नेटार अस्पताल दोलखामा पठाएको छ । उक्त घटनामा भिम बहादुर तामाङको १२ बर्षीय छोरा ढल्के तामाङ बेपत्ता भएका छन् । 
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय रामेछाप,प्रहरी चौकी खिम्ती, बिमानस्थल सुरक्षागार्ड रामेछापबाट सशस्त्र प्रहरी र नेपाली सेनाको किर्नेटार गुल्म दोलखाबाट उद्धार टोली खटिगई उद्धार कार्य गरिरहेको छ । पहिरोले मन्थली –काठमाडौा सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ ।

प्रतिक्रिया