Bisal Chautari Logo

नेपाल टेलिकमको व्याट्रि चोरी गर्ने सामान सहित पक्राउ

- ३० श्रावण २०७०, बुधबार १५:१६ मा प्रकाशित


३०, साउन, काठमाडौ ।
नेपाल टेलिकमको टावरमा प्रयोग हुने व्याट्रीहरु चोरी गर्ने भारत मोतियारी घर भएका २२ बर्षीय सुबोद कुमार जैसवाल, भारत विहार घर भएका २४ बर्षीय दिलिप शाह र धादिङ जिल्ला मौली–६ घर भएका २८ बर्षीय गोपाल नेपालीलाई महानगरीय प्रहरी बृत्त नया बानेश्वरको प्रहरी टोलीले पक्राउ गरी आज ३० साउनमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

काठमाडौ महानगरपालिका–३५ सेतीओपी मार्गमा रहेको सुर्यलाल तुसुजुको चार तले घरको २ वटा कोठा नेपाल टेलिकमले मोवाइल टावर प्रयोजनको लागि भाडामा लिएकोमा साउन २९ गते १३:०० बजे टावरमा प्रयोग हुने २ भोल्टको ८ सय एम्पियरको Sacred Sun म्पनीको Lead Acid व्याट्री १९ थान चोरी गर्दैरहेको अवस्थामा उनीहरुलाई प्रहरीले र बा.३ च ४०४२ नम्वरको टाटा गाडी सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुसंग सोधपुछ गर्दा बिगतमा पनि विभिन्न स्थानमा चोरी गरेको र चोरी गरेको सामानहरु काठमाडौ महानगरपालिका–१४ बल्खु स्थित नन्दकिशोर जैसवालको कवाडी पसल र ललितपुर उपमहानगरपालिका–२ सानेपा स्थित मुन्ना जैसवालको कवाडी पसलमा राखेको भन्ने बताएपछि खटिएको प्रहरी टोलीले बल्खु स्थित नन्दकिशोर जैसवालको पसलबाट Sacred Sun  कम्पनीको नेपाल टेलिकमको लोगो भएको २ भोल्टको ७ सय एम्पियस व्याट्री २३ थान, प्लाष्टिक कभर भएको तार ९ किलो, व्याट्री राख्ने सेतो रंगको स्ट्याण्ड ठूलो ५ र सानो ५ थान तथा ललितपुर सानेपा स्थित मुन्ना जैसवालको कवाडी पसलबाट AC Pipe २ रोल,अर्थिङ्गरड १ थान, 4 Core Cupper Cable  १० मिटर, Sacred Sun कम्पनीको २ भोल्टको व्याट्री ९५ थान बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको  बताएको छ । 

प्रतिक्रिया